काठमाडौं– दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ।
आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा प्रतियोगिता चैत २८ गतेबाट सुरु हुने जनाएको हो।
प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीसहित ३०० खेलाडीको सहभागिता हुने संयोजक सुवास श्रेष्ठले बताए।
प्रतियोगिता पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला), यू–१५ पुरुष/महिला, यू–१९ पुरुष/महिला, मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथि गरी कुल ९ विधामा प्रतिस्पर्धा हुने बताइएको छ।
एकलतर्फ पुरुष र महिलाको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन्। यू–१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन्।
यस्तै, यू–१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाउने छन्। पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउने छन्।
यता, मास्टर्स खुला ४५ वर्षमाथिको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने छन्। मास्टर्स ५५ वर्षमाथिको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।