तस्बिर : महेश नेपाली। काठमाडौं– ‘जुम्ला रारा अल्ट्रा म्याराथन’काे खुलातर्फ विकास बुढाले प्रथम स्थान हासिल गरेका छन्। शनिबार सम्पन्न प्रतियाेगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बुढाले प्रथम स्थान हासिल गरेका हुन्। उनले ३ हजार नगद हात पारे।
यस्तै, हरिबहादुर रावत र हर्क रावत तृतीय भए। उनीहरुले क्रमश : ३ हजार र २ हजार प्राप्त गरे।
१६ वर्षमुनिकाे पाँच किलोमिटरमा महिलातर्फ सुशिला बिष्टले प्रथम स्थान हासिल गरिन्। उनले १० हजार प्राप्त गरिन्। यस्तै, कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भइन्। उनीहरुले क्रमश : ५ र ३ हजार प्राप्त गरे।
१६ वर्षमुनिकाे पाँच किलोमिटरमा पुरूषतर्फ अशाेक विक प्रथम भएका छन्। उनीले १० हजार प्राप्त गरे। दीपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भए। उनीहरुले ५ र ३ हजार प्राप्त गरे।
चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब ४ सय सहभागी थिए।
कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो। दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी थिए।
आयोजक कर्णाली स्पोर्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि १ सय ५६ खेलाडीले भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।