काठमाडौं– नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न प्रतियोगितामा शनिबार विभागीय टोली पुलिसले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगितामा शतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ मा सहज रुपमा पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।