काठमाडौं– काठमाडौंको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो।
टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिपरका सहचालक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।