काठमाडौं– नेपाल प्रहरीका गंगाराम कुसुवारले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।
पुरुष ७५ केजी फाइनलमा गंगारामले बाग्मती प्रदेशका रोशन बलामीलाई पराजित गरे। लुम्बिनी प्रदेशका कृष्ण विष्ट र एपीएफका मोहम्मद शेख आलम तेस्रो भए।
पुरुष ६० केजीमा बाग्मतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते। उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए। लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेस्रो भए। ८४ केजीमुनि प्रदेश १ का राजन खड्काले नेपाल आर्मीका सुरेश जप्रेल तथा ८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठले बाग्मतीका आशिष लामालाई पाखा लगाउदै पहिलो स्थान हात पारे।
महिलाको ५५ केजीमुनि प्रहरीकी सोनी राईले प्रदेश १ की विद्याकला राई, ६८ केजीमाथि एपीएफकी अनुपमा मगरले आर्मीकी सनी तामाङ, ६८ केजीमुनि आर्मीकी निरुपा तामाङले एपीएफकी दायना राई, ४५ केजीमुनि आर्मीकी कुसुम खड्काले मधेशकी पर्सिया चौधरी र ५० केजीमुनि आर्मीकी मिस्ली श्रेष्ठले लुम्बिनीकी अनिता पुन मगरलाई फाइनलमा पन्छ्याउदै शीर्षस्थान हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।