काठमाडौं– युक्रेनको एक रेलवे स्टेशनमा रुसी रकेट आक्रमणमा ३९ जनाको मृत्यु भएको छ। घटनामा ८७ जना घाइते भएका छन्। यस क्षेत्रका गभर्नरले उक्त दाबी गरेका हुन्।
रुसले क्रामाटोर्स्क स्टेशनमा आक्रमण गरेको हो। युक्रेनका रेल प्रमुखले स्टेशनमा दुईवटा रकेट प्रहार भएको बताए।
क्रामाटोर्स्क एक यस्तो स्टेशन थियो, जुन पूर्वी युक्रेनबाट बाहिर निस्कने प्रमुख माध्यम थियो। डोनेट्स्कका क्षेत्रीय गभर्नरले प्रहरी र उद्धारकर्मीहरूले ठूलो संख्यामा शव र धेरै घाइतेहरू फेला पारेको बताएका छन्। उनले आक्रमण भएको स्टेशनमा हजारौं मानिस उपस्थित रहेको दाबी गरे।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन्। इन्स्टाग्राममा एक पोस्टमा जेलेन्स्कीले लेखेका छन्, ‘युद्धको मैदानमा हाम्रो अगाडि उभिन सक्ने शक्ति र साहसको अभावमा उनीहरु अहिले नागरिकलाई नष्ट गर्ने लालसामा छन्।’
उनले थपे,‘यो यस्तो नराम्रो काम हो जसको कुनै सीमा छैन। र, सजाय नदिँदा यो कहिल्यै रोकिने छैन।’
यस रेलवे स्टेशनमा भएको आक्रमणमा दुई बालबालिकाको पनि मृत्यु भएको युक्रेन राज्य रेल कम्पनीका अध्यक्षले गरेका हुन्। आक्रमणपछि रेलवे स्टेशनबाट केही तस्बिर पनि बाहिर आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।