काठमाडौं– नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ। एकदिने रेस्लिङ भृकुटिमण्डपमा हुनेछ।
रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्षसमेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन्।
नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनिषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्नेछन्।
अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन्। निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन्। चैते दशैं तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।