काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘मैले आई लभ यु भन्नै सकिनँ’ले सिनेमा हलमा सिंगल थिएटर मात्रै पाएको छ। अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा रहेको फिल्म सिंगल थिएटरमा एकल प्रदर्शन भएको हो।
फिल्म हलका मल्टिप्लेक्समा ‘आरआरआर’, ‘मोर्बियस’जस्ता विदेशी फिल्मको प्रदर्शन भइरहेकाले एकल थिएटरमा नेपाली फिल्मले मौका पाएको हो। एक्सन र कमेडी विधामा रहेको उक्त फिल्म शंकर कार्की र बाबु जिम्बाको निर्देशनमा बनेको छ।
फिल्ममा बुद्धि तामाङसँगै अञ्जली अधिकारी, सुजन नेपाल, राजाराम पौडेल, सुनिल भुषाल, स्व. जयनन्द लामा, सुरविर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ।
प्रेम श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा शंकर कार्कीको कथा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।