काठमाडौं– सरकारले दक्षिण कोरियामा रोजगारीका लागि पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
रोजगार अनुमति प्रणाली ईपीएसमार्फत् नेपाली नागरिक प्रत्येक वर्ष दक्षिण कोरिया जाने गरेका छन्। दक्षिण कोरिया सरकारसँग भएको सम्झौतालाई नवीकरण गर्ने निर्णय सरकारले गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।