काठमाडौं– आगामी दिनमा सिँचाइका आयोजना पहाडी र हिमाली भेगलाई लक्षित गरी बनाउनुपर्ने बताएकी छन्।
शुक्रबार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजना देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताएकी हुन्।
राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रीत भएको उल्लेख गर्दै उहाँले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पु¥याउने गरी नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताइन्। पहाडी र हिमाली भेगमा सिँचाइ पु¥याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनको भनाइ थियो।
‘हाम्रो उर्वरा जमिन एकदम घनिभूत ढंगले तराई, मधेश हो,’ उनले भनिन्, ‘हाम्रो सबै राष्ट्रिय गौरवलगायत आयोजना तराई केन्द्रित छन्। तर, उर्वरा जमिन पहाडमा पनि छ। हिमाली भेगमा पनि छ।’
मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भए पनि आर्थिक संकट भने नरहेको बताइन्।
श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको उनले बताइन्। आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन्। कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।