काठमाडौं– नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ। अघिल्लो दिन ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १३५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।