काठमाडौं– अर्घाखाँचीको सन्धिखर्कमा तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ। अर्घाखाँचीका प्रहरी प्रमुख तथा डीएसपी अम्बर थापाका अनुसार सन्धिखर्कस्थित बेलबाटिका नजिकै ग २ ख ६८० नम्बरको बस दुर्घटना भएको हो।
स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको उक्त बस भित्तामा ठोक्किएको डीएसपी थापाले बताए। बसमा ३० जना तीर्थयात्री सवार थिए।
उनीहरुमध्ये केही सामान्य घाइते भएको थापाको भनाइ छ।
घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।