काठमाडौं– हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त पाण्डे नियुक्त भएका छन्। बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले छनोट गरेका तनि जनामध्ये पाण्डे महाप्रबन्धक बनेका हुन्।
अन्तिम सूचीमा लक्ष्मीपुर–८ दाङका वसन्तकुमार पाण्डेसँगै काठमाडौंको बुढानिलकण्ठका भरत रेग्मी र धुम्बाराहीका भूपेन्द्रप्रसाद अर्याल रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।