काठमाडौं– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाकाे नाम मन्त्रिपरिषद्मा सिफारिस गरेकाे थियो।
सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार संगीता पहाडी अर्याल, सुरजसिंह थापा र सुशील पौडेलको नाम सिफारिस भएकाे थियो।
सिफारिस भएका मध्ये पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल सुचना प्रविधि केन्द्रमा कार्यरत छन्।
मन्त्रीपरिषद्को बैठकले उनीहरु मध्येबाट पौडेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। पौडेललाई सजिलो हुने गरी उमेर हद र अनुभवबारे कार्यविधि संशोधन गरिएको भन्दै कर्मचारीले विरोध गर्दै आएका छन्।
उनलाई नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न मन्त्रालयले लागि नयाँ मापदण्ड ल्याएको आरोप लागेको छ।
पाैडेल पूर्वसञ्चारमन्त्री गाेकुल बास्काेटाकाे समयमा ७० कराेड प्रकरणमा पनि तानिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।