काठमाडौं– ब्राइट फ्युचर स्कुल, नैकापको आयोजनामा विद्यालयस्तरीय फुटसल एसईई कप हुने भनेको छ। प्रतियोगिता वैशाखमा हुने लागेको हो।
आयोजक ब्राइट फ्युचर स्कुलका अनुसार प्रतियोगिता वैशाख २२ गते नैकापमा आयोजना हुनेछ।
प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन्। विजेता टिमका खेलाडीलाई ब्राइट फ्युचर स्कुलले छात्रवृत्तिसमेत प्रदान गर्ने भएको छ।
यस्तै, उपविजेता र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
टिम दर्ता र थप जानकारीबारे आयोजकले छिटै जानकारी दिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।