• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

१३औं सागका दोहोरो स्वर्णधारी मण्डे भन्छन्– नयाँलाई मौका दिन बाटो छाडेको हुँ, सन्यासको घोषणा गरेको छैन

64x64
नेपाल लाइभ बिहीबार, चैत २४, २०७८  १४:५४
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठले चीनको हान्झाउमा हुने १९औं एसियाली खेलकुद नखेल्ने भएका छन्। 

एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि उनले एसियाड खेल्ने छैनन्। एसियाड सेप्टेम्बर १० देखि २५ सम्म हान्झाउमा हुँदैछ।

मण्डेले दुई वर्षअघि स्वदेशमा भएको १३औं सागमा पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका थिए। टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए। 

१३औं सागमा करातेको टिम काताका मण्डेका सहकर्मी महसुसले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन एकल कातामा स्वर्ण पदक जितेका थिए। 

ललितपुरको सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन महसुसले फाइनलमा २४.८ अंक जोडेका थिए। मण्डे राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबको काता प्रशिक्षकका रुपमा सहभागी छन्। 

आफू नेपाल पुलिस क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेको बताउँदै नयाँ खेलाडीलाई मौका दिने उनले बताए। 

‘सधै हामीले मात्रै खेलेर कहाँ हुन्छ र? हामीभन्दा राम्रा राम्रा खेलाडी उत्पादन भइरहेका छन्। उनीहरुले पनि खेल्ने मौका पाउन भनेर मैले यो निर्णय लिएको हुँ,’ उनले नेपाल लाइभसँग भने।

३७ वर्षीय मण्डे करातेको कातामा विशेष दख्खल राख्छन्। उनले सागमा पदक जित्न १० वर्ष निरन्तर संघर्ष गर्नुपरेको थियो। यसअघिका दुई साग उनका लागि सुखद् रहेन। सन् २०१० मा बंगलादेशमा ११औं साग हुँदा उनी २६ वर्ष पुगिसकेका थिए। त्यतिबेला उनी सागका लागि छनोट भएका थिए।

Ncell 2
Ncell 2

बंगलादेश सागका लागि उनले स्वर्णको लक्ष्यसहित गतिलो तयारी पनि गरेका थिए। तर, प्रतियोगिता सुरु हुनुअघि एक्कासि उनको सपनामा तुषारपात भयो। उनले प्रतिस्पर्धा गर्ने भनेको स्पर्धालाई अन्तिम समयमा आयोजकले ११औं सागमा समावेश नै गरेन। त्यसैले उनले त्यो साग खेल्ने अवसर नै पाएनन्।

१२औं सागमा आफ्नो सपना साकार पार्ने योजना बोकेर उनी निरन्तर तयारीमा लागिरहे। तर, सन् २०१६ मा भारतमा सम्पन्न बाह्रौं सागमा पनि कराते खेललाई समावेश गरिएन।

तर, उनले घरेलु समर्थकको बीचमा स्वर्ण जित्ने अवसर पाए। आफूले १० वर्षअघि देखेको सपना मण्डेले घरेलु मैदानमा पूरा गरे।

‘मेरो सपना साकार भइसकेको छ। देशमै स्वर्ण जित्नु त्यो जीवनको सबैभन्दा सुखद् क्षण हो। अब नयाँ खेलाडीलाई आफ्नो अनुभव बाँड्ने छु,’ उनले भने। 

उनले खेल छाडेपनि तत्कालै सन्यास भने नलिने बताएका छन्। ‘नयाँलाई मौका दिनको लागि बाटो छाड्देको हुँ। तर, सन्यास लिने भनेर घोषणा गरिसकेको छैन,’ मण्डेले भने। 

महसुस एकल काता च्याम्पियन

नेपाल पुलिस क्लबका महसुस मोक्तानले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन्।

महसुस दुई वर्ष अघि स्वदेशमा भएको १३औं सागका टिम काताका स्वर्ण पदक विजेता हुन्। फाइनलमा महसुसले २४.८ अंक जोडे।

एपीएफ क्लबका स्वर्णिम महर्जनले रजत पदक जिते। स्वर्णिमले २३।४ अंक जोडेका थिए। त्रिभुवन आर्मी क्लबका प्रविण मानन्धर र प्रदेश १ का रोहित राईले कास्य पदक जिते। प्रविण पनि १३औं सागका टिम काताका स्वर्ण पदक विजेता हुन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग ९सेना, प्रहरी र एपिएफ० का २ सय १० खेलाडीको सहभागिता रहेको छ।

प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत मंगलबार, पुस ८, २०८२
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, पुस ८, २०८२
सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्