काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बेवारिसे अवस्थामा भेटिएका ७ थान मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँबाट रोयल इन्फिल्ड कम्पनीका (बुलेट) मोटरसाइकलहरु ७ थान बरामद गरको छ।
बेवारिसे अवस्थामा भेटिएका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाइएको महाशाखाले जानकारी दिएको छ। महाशाखाको टोलीले बरामद मोटरसाइकलहरु त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयलाई बुझाएको हो।
भारतबाट भन्सार छलेर मोटरसाइकलहरु नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखेर बेच्ने गरेको भन्ने सूचनाचका आधारमा खटिएको महाशाखाको टोलीले उक्त मोटरसाइकल फेला पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।