काठमाडौं- अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी मन्त्री बन्ने भएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिटक मानिने उनी सोही पार्टीका तर्फबाट मन्त्री बन्न लागेका हुन्।
बन्दी कानुनमन्त्री बन्न लागेको एकीकृत समाजवादी पार्टी स्रोतले बतायो। उनी कानुनमन्त्री बनेपछि अहिले कानुनमन्त्री रहेका दिलेन्द्र बडूलाई भने उद्योग मन्त्री बनाइने तयारी छ। सो मन्त्रालय अहिले नेतृत्वविहीन छ।
शपथको लागि बन्दीलाई तयारी अवस्थामा बस्न भनिएको छ। बन्दीले भने आफूलाई अहिलेसम्म शपथका जानकारी नआएको बताए।
गत फागुनमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार पार्न बन्दी सक्रिय थिए।
जसका कारण एमसीसी अनुमोदन मात्रै भएन, गठबन्धन पनि जोगियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।