काठमाडौं– नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १३४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।