काठमाडौं– संविधान दिवस (असोज ३)का अवसरमा घोषणा भएको विभिन्न विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीले नयाश वर्ष २०७९को पहिलो दिन वितरण गर्ने भएकी छन्।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा ९०३ जनालाई उनले ती विभूषण प्रदान गर्न लागेकी हुन्।
वैशाख १ गते वितरण हुने पदक पाउनेमा विवादित र महाअभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमेत रहेका छन्।
त्यसैगरी, पदक पाउनेका सूचीमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने न्यायाधीशहरु, नेकपा एसका नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालसमेत अटाएका छ।
नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ।
त्यसैगरी, राष्ट्र गौरव सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र राष्ट्र गौरव मान–पदवी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गर्ने घोषणा भएको छ।
यसैगरी, महाउज्ज्वल राष्ट्रदीप चोलेन्द्रशमशेर राणा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ।
त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ।
उज्ज्वल कृतिमय राष्ट्रदीप मान–पदवी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ।
यसैगरी, प्रसिद्ध प्रबल जनसेवाश्री ३९ जनालाई प्रदान गरिने भएको छ। जसमा न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल, तेजबहादुर केसी, महालेखा परीक्षक टङ्कमणि शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, धर्मगुरु आत्मानन्दन लिङ्देन, राजनीतिज्ञ स्व. चक्रप्रसाद बाँस्तोला छन्। त्यसैगरी, स्व. द्वारिकादेवी ठकुरानी, स्व. सिद्धराज ओझा, स्व. भीमदत्त पन्त, स्व. योगेन्द्रमान शेरचन, स्व. दिवानसिंह राई, तेजबहादुर अमात्य, अरविन्दकुमार ठाकुर, स्व. भूविक्रम नेम्वाङ, स्व. ज्ञबहादुर थापा, स्व. थीरबम मल्ल, स्व. सरोज कोइराला, स्व. टेकबहादुर चोख्याल, स्व. शिवराज पन्त, स्व. एनडी प्रकाश चटौत, स्व. दुर्गादत्त जोशी, मुख्यसचिव शंकरदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ।
त्यसैगरी, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसैगरी, राष्ट्र यशोवद्र्धक अलंकार चारजनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीन जनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिने कार्यालयले जनाएको छ।
राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।