काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध हुनु आवश्यक रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री नेपालले मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा जारी ‘जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव’को उद्घाटन गर्दै मैथिली भाषा तथा संस्कृतिको इतिहास पाँच हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत्त्वपूर्ण रहेको बताए।
अधिकारप्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको चर्चा गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताए।
अध्यक्ष नेपालले मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेकामा जोड दिए। उहाँले मैथिली भाषा तथा साहित्यको समृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तयार रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।