काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बुधबार साँझ अस्पतालमा पुगेर गृहमन्त्री खाणले ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।
ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न डक्टरहरूले गृहमन्त्री खाणलाई जानकारी दिएका छन्। खाणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको ठाकुरलाई सुनाएका थिए। ठाकुरले आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।