• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विलासिताका वस्तु र फजुल खर्चमा कटौती: जनतालाई मात्रै भन्ने कि सरकारले पनि गर्ने?  

64x64
नेपाल लाइभ बुधबार, चैत २३, २०७८  १८:५४
1140x725

 काठमाडौं–

  • आम जनताले खरिद गर्ने गाडीको आयात रोक्न नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ। राष्ट्र बैंक आफू भने पौने तीन करोड रुपैयाँको चारपाङ्ग्रे डिजल गाडी किन्ने तयारीमा रहेको राष्ट्र बैंकका एक कर्मचारी बताउँछन्। खाँचो नै परेर किन्न खोजिएको होइन। राष्ट्र बैंककै ती कर्मचारीका अनुसार राष्ट्र बैंकले अहिले भएकै सवारी साधनबाट काम चलाउन सक्ने अवस्था छ। 
  • अर्थ सचिव भएलगत्तै मधु मरासीनीले आफ्नो कार्यकक्षमा करिब ७० लाख रुपैयाँ खर्चिएर कार्यकक्षको सजावट गरे। उनले आफ्नो कार्यकक्षलाई त्यसरी सजाउने बेलासम्म अर्थतन्त्रमा संकटका संकेतहरू देखापरिसकेका थिए। अर्थ मन्त्रालयका कर्मचारीहरूका अनुसार अघिल्लो सचिवकै पालाका सामानहरू गुणस्तरीय थिए र त्यसमा यति  खर्च गर्न आवश्यक नै थिएन। 

विदेशी मुद्राको सञ्चिती घटेको र अर्थतन्त्रका चाप परेको कारण नागरिकको उपभोगका झण्डै ३०० वस्तुको आयातमा कडाइ गर्ने तयारीमा सरकार छ। नागरिकलाई विदेशबाट आयात हुन वस्तुको उपभोग घटाउन प्रोत्साहन गर्नुपर्ने सरकार आफैं भने कुनै सौदाबाजी गर्न तयार नरहेको यी प्रतिनिधि घटनाहरूले दर्शाउँछन्। 

अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवै अर्थतन्त्रलाई लयमा राख्न भूमिका खेल्नुपर्ने निकायहरू हुन्। यी दुवै निकायहरूसँग अर्थतन्त्रको सबै सूचकहरूको अद्यावधिक तथ्यांक हुन्छ। अर्थतन्त्रले लिनसक्ने बाटो र सम्भावित संकटको पूर्वानुमान र विश्लेषण समेत उनीहरूले गरिरहेका हुन्छन्।

विदेशी मुद्रा सञ्चिती घटिरहेको र अर्थतन्त्रले संकट बेहोर्ने जानकारी पाएका यी दुई निकाय समेत खर्चमा मितव्ययिता अपनाएका छैनन् भने अन्य मन्त्रालय र सरकारी निकायहरूले फजुल खर्च यथावत राखेको प्रष्ट हुन्छ। 

राष्ट्र बैंकले गाडी, सुनसहित उपभोगका अन्य वस्तुहरू जस्तै कस्मेटिक, लत्ताकपडा, मदिरा, कृषि सामग्री, निर्माण सामग्री लगायतमा प्रतितपत्र खोल्न नपाउने व्यवस्थाका लागि सुझाव दिएको छ। अर्थात् उपभोगका सामग्रीमा कैंची चलाएको छ।

विदेशी मुद्रा सञ्चितीमा कमी आएकोले राष्ट्र बैंकले वस्तुको आयातकमा कडाइ गर्न भनेसँगै सरकारकै खर्च र कर्मचारीहरूको विलासीता मोहको चर्चा सुरु भएको हो। सामाजिक सञ्जालमा सरकारी अधिकारीहले प्रयोग गर्ने गाडीमा समेत मितव्ययिता अपनाएर उदाहरण प्रस्तुत गर्ने कुरा उठिरहेको छ। यही सन्दर्भमा यी हेर्दा सामान्य तर असामान्य अर्थ दिने उदाहरण प्रस्तुत गरिएको हो। 

नेता र सरकारी कर्मचारीहरू आफूले  भड्किलो, खर्चिलो र विलासीताको जीवनशैलीमा सम्झौता गरिरहेका छैनन्। जनतालाई मितव्ययिताको अपिल गरेर आफैंमाथि नैतिक संकट सिर्जना गरिरहेका छन्।

नैतिकताको परीक्षा
सरकारको नेतृत्व गरिरहेका र उच्चतहमा रहेकाले मितव्ययिताको सन्देश प्रवाह गर्ने कुनै कदम नचाल्दा आमजनमा गलत सन्देश जाने अर्थशास्त्रीहरूको टिप्पणी छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका प्राध्यापक रामप्रसाद ज्ञवाली संकटको समयमा सरकार आफैंले मार्ग निर्देशक भएर काम गर्न आवश्यक भएको बताउँछन्। उनी भन्छन्, ‘सरकार आफैंले स्वदेशी वस्तु खरिद गर्ने, आयातित वस्तुको उपभोगमा कमी गर्ने, अतिआवश्यक नहुँदासम्म गाडीहरूको आयात नगर्ने, पहिला नै आयात भएका गाडीहरूले चल्ने अवस्थामा चलाउने र सरकारमा बस्नेहरूले नै मितव्ययिता अपनाएर उदाहरण प्रस्तुत गर्नपर्छ।’

तर, अवस्था यस्तो छैन । संघीय, प्रादेशिक र स्थानीय तिनै तहमा सार्वजनिक ओहोदामा बसेका नेता तथा कर्मचारीहरूमा भड्किला, महंगा र विलासिताका वस्तुप्रतिको मोह घटेकै छैन। नजिकभन्दा नजिक हेलिकोप्टरमा पुगिरहेका छन्। सरकारी गाडीको प्रयोगमा पनि कमी आएको छैन।

अर्थशास्त्री चन्द्रमणि अधिकारी नेता तथा उच्च तहका कर्मचारीमा आएको विचलन चिन्ताको विषय भएको ठान्छन्। ‘नेता र उपल्लो तहका कर्मचारीहरूको कथनी र करनीमा धेरै फरक छ। आफूलाई सबै सुविधा भोग गर्नुपर्ने मनोवृत्ति हाबी छ,’ उनको भनाइ छ, ‘जनतालाई मितव्ययी बन्न आह्वान गरेको सरकार र कर्मचारीहरूले पहिला आफू अनुशासिन हुन आवश्यक छ। सत्तामा बसेपछि जे गरे पनि हुन्छ भन्ने सोचबाट बाहिर आउन आवश्यक छ। सरकारी निकायमा हुने हरेक भड्किला सामानहरूमा जनताको करको पैसा परेको हुन्छ भन्ने जिम्मेवारीबोध हुन आवश्यक छ।’

सत्तामा बसेपछि जे गरेपनि हुन्छ र जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकता त्याग गरेर राजनीतिक नेतृत्वले यो संकटको अनुभूति गर्नुपर्ने उनको भनाइ छ। 
राजनीतिक नेतृत्व सरकारी अधिकारीले पनि अर्थतन्त्रलाई जोगाउन त्याग गर्नुपर्ने विचार सामाजिक सञ्जालमार्फत् पनि उठाउन थालिएको छ।

Xtrem

Xtrem

सञ्चारकर्मी गनी अन्सारी ट्वीटरमा लेख्छन्, ‘बाटोमा अघि लखरलखर हिँडिरहँदा एउटा प्रश्न दिमागमा आयो– विदेशी मुद्रा सञ्चिती र डामाडोल अर्थतन्त्रलाई टेको लगाउन आमनागरिकले मात्रै त्याग/बलिदानी दिनुपर्ने हो कि हरहालमा कालो सिसावाल एवं साइरनवाल गाडीमा सयर गर्ने सर/म्यामहरूले पनि?’

सरकारको दायित्व
जनताको तहमा उपभोग्य वस्तुको आयात तथा उपभोगमा कडाइ गरेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउनका लागि चालिनुपर्ने कदमहरू विश्वसनीय र प्रभावकारी हुनुपर्ने अर्थशास्त्री अधिकारीको भनाइ छ।

‘रेमिटेन्सको पैसा हुण्डीबाट आइरहेका छन् कि वा विदेशमै रहेको छ त्यसको अनुसन्धान र कारबाहीदेखि वैदेशिक लगानी आकर्षित गर्न पहल गर्ने र पर्यटन व्यवसाय पुनर्सञ्चालनसम्मका कामहरूमा ढिलाइ नगरी गर्नुपर्छ,’ उनी भन्छन्।

यस अतिरिक्त ठूलो मात्रामा पैसा लुकाउनसक्ने व्यक्ति तथा संस्थाहरूमाथिको निगरानी बढाउँदै पैसालाई अनौपचारिक च्यानलमा होल्ड हुनबाट रोक्न व्यापारीहरूको दलगत आवद्धता नहेरी अनुसन्धानको दायरामा ल्याउन पनि आवश्यक छ। 

जनतालाई उपभोग नगर भन्ने सरकार, शक्तिशाली नेता, व्यापारी तथा अकूत पैसा कमाएका व्यक्तिहरूको बारेमा छानबिन गर्न भने उदासीन छ। तलब खान समेत बाह्य ऋण लिएको सरकार र उच्च पदस्थ कर्मचारीहरूले ‘अन्तिम भोज’ जसरी राज्यको ढुकुटी खर्च गर्न नमिल्ने ज्ञवाली बताउँछन्।

‘अहिले त बाह्य ऋण पनि अनुत्पादक क्षेत्र र सरकारकै लागि उपभोगका वस्तुहरूमा लगानी भएको छ। यसले त विदेशी मुद्रा सञ्चितीमा कुनै सुधार हुनसक्ने लक्षण देखिन्न,’ प्राध्यापक ज्ञवाली भन्छन्। देशको आर्थिक संकट जुन तहको छ, त्यसअनुसारको संवेदनशिलता सरकारमा नदेखिएकोमा उनी सहमत छन्। 

विलासीताका वस्तु र फजुल खर्चका उदाहरण
नेता र कर्मचारीहरू मिलोमतोमा दुवैले नियमले नदिएका सुविधाहरू समेत उपभोग गर्दै आएका छन् । जस्तै, नियमले नदिएपनि उपसचिवहरूले समेत गाडी सुविधा लिएका छन्। दलगत ट्रेड युनियनमा नेता भएका कर्मचारीहरू शक्तिको आडमा शाखा अधिकृत र त्यो भन्दा तल्लो तहमा भएपनि गाडीको सुविधा लिने गरेका छन्।

‘विद्युत गाडी आयातलाई प्रोत्साहन गर्ने भनिएतापनि तेल तथा मर्मत खर्चको कारण सरकारी निकायहरूमा अझै पेट्रोल वा डिजल गाडीहरू नै आयात गरिन्छ,’ अर्थ मन्त्रालयका एक कर्मचारी भन्छन्।

विकृति यतिसम्म छ कि परराष्ट्र मन्त्रालयका कर्मचारीहरूले विदेशमा कूटनीतिक पदस्थापनको लागि आवश्यक नै नभएको देशहरूमा समेत दूतावास खोल्ने र देशलाई आर्थिकभार बढाउने चलन नै बसिसकेको छ।

यस्तै, कार्यकर्ताको भर्ती र राजनीतिक कारणले गर्दा खर्चको ठूलो हिस्सा कटौती गर्न सकिने प्रशासनिक खर्चमा समेत सरकारहरू उदासीन छन्। २०७५ भदौ ३ मा अर्थशास्त्री डिल्लीराज खनालको संयोजकत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन भएको थियो। सोही वर्ष फागुन ३ मा आयोगले मुलुकले धान्नै नसक्ने गरी प्रशासनिक खर्च बढिरहेको ठहर गर्दै निजामती प्रशासनमा ५० हजार कर्मचारी कटौती गर्न सकिने र सयौं संरचना खारेज गर्न सिफारिस गरेको थियो।

‘अहिलेको आर्थिक संकटमा सरकारले जनताको घाँटी मात्र थिच्ने होइन, सरकारको दायित्वभित्र पर्ने यस्ता विषयमा पनि आँट गरेर सुधार थाल्नुपर्छ,’ अर्थ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘यसो नगर्ने हो भने अहिलेको संकट त जसोतसो पार लाग्दा तर आगामी संकटका लागि यस्तै कुराहरू कारक हुन जान्छन्।’

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्