काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ।
भैरहवामा पार्टी कार्यक्रममा सहभागी हुन गएका ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको हो। उनको अहिले ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
लोसपाका कार्यकारिणी सदस्य केशव झाले स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको र अहिले उपचार भइरहेको जानकारी दिए। उनका अनुसार अहिले अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
'उहाँको अक्सिजन लेभल कम भएको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा राखिएको छ। अस्पतालमा भइरहेको उपचार प्रक्रियाको बारेमा भने मलाई जानकारी छैन', लोसपाका अर्का एक नेताले भने।
अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ। उनी फलोअपका लागि बेलाबेलामा भारत जाने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।