काठमाडौं– निता ढुंगानाको निर्माणमा बन्ने भनिएको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन्।
निताले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्ममा सलोनलाई लिइएको जानकारी दिएकी हुन्।
‘निता फिल्मस्’को ब्यानरमा बन्न लागेको यो फिल्ममा सलोन मुख्य भूमिकामा देखिँदै छन्। युवापुस्ताको प्रेम र मित्रताको कथा भन्ने फिल्मलाई निर्देशन भने चन्द्र पन्तले गर्दैछन्।
फिल्म्मा सलोनसँगै निता र हरिहर अधिकारी पनि अभिनय गर्दैछन्। फिल्ममा भारतीय कलाकारलाई पनि अभिनय गराउने बताइएको छ। साउनदेखि छायांकन हुने फिल्म नेपालसँगै भारत र बेलायतमा छायांकन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।