काठमाडौं– ‘अग्निदहन’ फिल्मबाट राष्ट्रिय फिल्म अवार्ड जितेका निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्ने आगामी फिल्म ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन्।
जेठदेखि छायांकन हुने फिल्मका लागि निर्माण पक्षले मुख्य भूमिकामा शाहलाई लिएको छ।
यात्राको कथामा आधारित रहेको फिल्म बेलायत र फ्रान्समा छायांकन हुने छ। फिल्ममा साम्राज्ञीले एक महत्त्वकांक्षी युवतीको भूमिका निभाउनेछिन्।
‘अग्निदहन’, ‘धौली’, ‘पञ्चेबाजा’जस्ता समीक्षात्मक रुपमा सफल फिल्मको निर्देशन गरिसकेका लामिछानेको यो फिल्म एबी इन्टरनेसनलको ब्यानरमा बन्न लागेको हो। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन्।
साम्राज्ञी पछिल्लो पटक जितु नेपालसँग छायांकन भएको फिल्म ‘ह्यारीकी प्यारी’पछि यो फिल्ममा काम गर्न लागेकी हुन्। फिल्ममा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतमलगायतको लगानी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।