काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंक घटेको छ।
मंगलबार ४६.४६ अंक घटेर २४५२.०६ बिन्दुमा बन्द भएको नेप्से आजको सेसनमा ०.२६ अंक घटेर २४५१.८१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।
बुधबार प्रि ओपन सेसनमा ४ कम्पनीको १ लाख ३५ हजार ८२० रुपैयाँ बराबरको २५१ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।