काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा ४४ हजार ८५३ जनाले आवेदन दिएका छन्।
आवेदन दिने अन्तिम म्याद सोमबारसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको बताइएको छ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ। विगत वर्षहरुमा माग गरिएको संख्या भन्दा १० गुणा बढी आवेदन पर्ने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।