काठमाडौं– काठमाडौं महानगरपालिकले विभिन्न क्षेत्रका विज्ञका लागि रोजगारी खुलाएको छ।
महानगरको वातावरण तथा कृषि विभागले वातावरणीय अध्ययनका लागि विभिन्न क्षेत्रका ३२ जना विज्ञ माग गरेको छ।
बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै महानगरले योग्यता पुगेका विज्ञहरबाट आवेदन माग गरेको हो।
इच्छुक उम्मेदवारले १५ दिनभित्रमा आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।