काठमाडौं– नापी कार्यालय चावहिल (काठमाडौं)का नापी सर्भेक्षक र अमिन १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
नापी कार्यालय चावहिलको १ नम्बर नापी टोली बुढानीलकण्ठका नापी सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश भट्ट १ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल (काठमाडौं)स्थित कार्यालयबाट खटिएको टोलीले केसी र भट्टलाई पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार उनीहरुले जग्गाको हालसाबिक गरिदिएबापत सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएका थिए।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा दुवै जनालाई ललितपुरको लगनखेलस्ठित महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।