काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा पुगेको छ।
मंगलबार सेयर बजारमा होटल तथा पर्यटन बाहेक अन्य सबै उपसमूह राताम्य भएका छन्। मंगलबार सबैभन्दा धेरै अन्य समूहको उपसूचक ३.६६ प्रतिशतले घट्यो।
मंगलबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ। १० प्रतिशतले बढ्दा नेस्डोको सेयरमूल्य प्रतिकित्ता १ हजार २७७ र राष्ट्रउत्थानको सेयरमूल्य प्रतिकित्ता १ हजार ५९६ रुपैयाँ पुग्यो।
मंगलबार इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाए। कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ४७० रुपैयाँमा झर्यो।
मंगलबार सेयर बजारमा कूल २ अर्ब ६७ करोड १२ लाख रुपैयाँको कारोबार भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।