काठमाडौं– सत्ता गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह निर्वाचन तालमेल अनुगमन कमिटी बनाउने निर्णय गरेको छ।
पालिकास्तरमै तालमेलको प्रक्रिया सुरु भइसकेकाले त्यसलाई हेर्ने गरी संयन्त्र बनाइएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए।
उक्त समूहमा पाँचै दलबाट दुई–दुई जना नेताहरु रहनेछन्। संयन्त्रमा रहने अन्य नेताहरुको नाम भने दलहरुले सिफारिस गर्ने भएका छन्।
पाँचै दलका पालिकाका प्रमुखहरुलाई त्यहाँको अवस्थाबारे यथार्थ विवरण लिएर तालमेलको ढाँचा सिफारिस गर्न यसअघि नै भनिसकिएको खनालले बताए।
उनले भने, ‘तालमेलको कुरा स्थानीयस्तरमा भइरहेको छ। यो संयन्त्रले त्यसको अनुगमन गर्नेछ।’ अहिले सत्ता गठबन्धनका जिल्लास्तरका नेताहरुले गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।