काठमाडौं- धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी एमालेमा प्रवेश गरेका छन्।
गएको निर्वाचनमा माओवादीबाट जितेका उनी एमाले प्रवेश गरेका हुन्। उनको प्रवेशसँगै पछिल्लो स्थानीय तह निर्वाचनमा धादिङमा माओवादीले जितेका स्थानीय तह शून्य भएको छ।
यसैगरी धनुषा, गणेशमान चारनाथ नपा उपमेयर मीनाकुमारी यादव एमाले प्रवेश गरेकी छिन्। उनी पनि माओवादी त्यागेर एमालेतर्फ लागेकी हुन्।
उता जनमोर्चाबाट गाविस अध्यक्ष जितेका र हाल माओवादीमा रहेका नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन्। उनी सहिद रामवृक्ष यादवका भतिजा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।