काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। इलामको सन्दकपुर घर भइ तारकेश्वर नगरपालिका–५ बस्दै आएका वर्षीय डाकमान गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।
डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।