काठमाडौं- नुवाकोटमा गठबन्धन गर्दा जनता समाजवादी पार्टी (जसपा)लाई उपेक्षा गरिएको भन्दै संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले असन्तुष्टि पोखेका छन्।
गठबन्धनका दलहरुले वैशाख ३० को निर्वाचनमा एकमत भएर जाने सहमति गर्दा जसपालाई त्यहाँ कुनै जानकारी नगराइएको उनको संकेत छ।
उनी भन्छन्, 'जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं।'
उनले राजनीतिमा सबै कुरा करबलले नभइ स्वेच्छाले हुन्छ भन्ने कुरा नभुल्न सम्झाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।