काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले कम्युनिस्ट पार्टी नभइ केपी शर्मा ओलीलाई ‘बा’ भन्नेहरुको मात्रै पार्टी भएको टिप्पणी गरेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘केपी ओली सुध्रिन्छन् कि भनेर ठानेका थियौं। सुध्रिने संकेत नदेखेपछि हामीले विद्रोह गर्नुपरेको हो,’ उनले भने,‘अहिले त त्यो कम्युनिस्ट पार्टी होइन अब ‘बा’को पार्टी भयो। दुई चार जना छन्, तिनीहरुको आँखा कहिले खुल्ने हो। ढिलो नै आए पनि स्वागत गरिएला, तर ओलीकै पछि लाग्छन् भने केही गरिने वाला छैन।’
आफूहरु परिवर्तनको मुख्य मोडमा उभिएको भन्दै अब आफूहरुको पार्टी नै बलियो कम्युनिस्ट पार्टी बन्ने नेपालको दाबी छ। ‘हेर्दै जानुहोला केपी ओलीको के हालत हुन्छ, बरबराउन थालेका छन्। गालीगलौज गर्न थालेका छन्। कु बाटोमा हिँड्न थालेका छन्। तिनका पछि लाग्ने कार्यकर्ताको भविष्य पनि हुँदैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।