• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नै नक्कली परीक्षार्थी : १८ लाखसम्म शुल्क, भारतदेखि खेताला

64x64
नेपाल लाइभ आइतबार, चैत २०, २०७८  १४:५७
1140x725
पक्राउ परेका नक्कली परीक्षार्थी।

काठमाडौं– एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बन्नेहरू किस्ट कलेजका विद्यार्थीदेखि भारतीय नागरिकसम्म रहेको खुलेको छ।

लामो निगरानी र सुक्ष्म अनुसन्धान पछि अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ।

चैत १८, २० र २१ गते सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने गरेको सूचना आएपछि महाशाखाले निगरानी बढाएको थियो। जसअनुसार १८ गते पाँच जनालाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु र ललितपुरमा पठाएको छ।

भारतीयदेखि एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी समेत पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतीय नागरिकदेखि एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसम्म रहेको महाशाखाका एसएसपी वसन्त कुवँरले बताए।

कोटेश्वरस्थित ग्रामर स्कुल परीक्षा केन्द्रबाट सप्तरीको राजगढ गाउँपालिका–१ का २६ वर्षीय राम आशिष यादव पक्राउ परेका थिए। रकम लिएर अरुको परीक्षा दिने यादव किस्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

उनले रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का २० वर्षीय स्मित सिंहको नामबाट परीक्षा दिएका थिए। स्मितको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर यादवले परीक्षा दिएको प्रहरीको दाबी छ। उनी पटक पटक नक्कली परीक्षार्थी भएको समेत अनुसन्धानबाट खुलेको छ। उनले नक्कली परीक्षार्थीको रुपमा बी फार्मेसीको समेत परीक्षा दिने तयारी गरेको पाइएको छ।

उनीसँगै किस्ट कलेजमा अध्ययनरत तीन जना विद्यार्थी पक्राउ परेका छन्। किस्टमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विद्यार्थी अमर पण्डितलाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेको अवस्थामा ललितपुरस्थित सीसीआरसी कलेजबाट पक्राउ गरिएको हो।

पूर्वसूचना अनुसार उनलाई रेकी र सोधपुछ गरेपछि पण्डितले पुरै परीक्षा समेत नदिई परीक्षा हलबाट निस्केका थिए। प्रहरीसमक्ष पण्डितले भनेका छन्, ‘नक्कली हो/होइन भनेर पहिल्यै केरकार भएकाले डरले पुरै परीक्षा नै नदिई निस्केका हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

महोत्तरीको सम्सी–४ का पण्डितले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ का २१ वर्षीय वृकेश यादवको नामबाट परीक्षा दिएका थिए।

सर्लाहीको चक्रघट्टा–४ का २२ वर्षीय रामनाथ चौधरी एमबीबीएस अध्ययनरत नक्कली परीक्षार्थी हुन्। किस्ट कलेजमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत चौधरीले धनुषाको अन्दुपट्टी गाउँपालिका–१ का २२ वर्षीय आजिव कुमार यादवको नाममा परीक्षा दिएको खुलेको छ। उनलाई पनि सीसीआरसी कलेजस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो।

नक्कली परीक्षार्थी बनेर एमबीबीएसको परीक्षा दिन भारतदेखि काठमाडौंसम्म आएका व्यक्ति समेत समातिएका छन्। भारत बिहार औरगंबाद, रफिगञ्जका २४ वर्षीय इस्तियाख अहमद पनि पक्राउ परेका हुन्। उनले महोत्तरीको सम्सीका २३ वर्षीय सन्नीकुमार साहको नामबाट परीक्षा दिएका थिए। अहमदलाई एमबीसन कलेज मध्यबानेश्वरबाट पक्राउ गरिएको हो।
 
खेताला खोजर आफ्नो नाममा परीक्षा दिन लगाउने सन्नी पनि समातिएका छन्। बाँकी तीन जना भने फरार रहेकाले उनीहरुलेको खोजी भइरहेको प्रहरीले जनाएको छ। मुद्दा बुझाउने बेलासम्म पक्राउ नपरे फरार प्रतिवादी बनाएर मुद्दा लगिने प्रहरीले जनाएको छ।

१८ लाखसम्म शुल्क
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुले १८ लाख रुपैयाँसम्म असुली गर्ने गरेको महाशाखाका प्रवक्ता तथा एसपी कृष्ण कोइरालाले जानकारी दिए। जस्ट पास भएकाहरुबाट ५ लाख रुपैयाँसम्म लिने सर्तमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेको खुलेको छ।
 
त्यसैगरी, निश्चित रकम तिरेर एमबीबीएस अध्ययनरत गर्न पाउने गरी नाम निस्केकाहरुले १० लाख रुपैयाँसम्म दिनुपर्ने सर्तमा परीक्षा दिने गरेको खुलेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फ्रि स्कलरसीपमा नाम निस्केकाहरुले भने नक्कली परीक्षार्थीलाई १८ लाख रुपैयाँसम्म दिनुपर्ने सर्तमा परीक्षा दिइएको खुलेको हो। पास भएपछि बाँकी रकम लिने सर्तमा एड्भान्सको रुपमा ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म शुल्क लिएर परीक्षा दिइएको पाइएको छ।

चिकिस्ता क्षेत्रमा कार्यरत चिकिस्तसकहरुले समेत एमबीबीएस पढिरहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएर नक्कली परीक्षार्थीको रुपमा प्रयोग गर्ने गरेको पाइएको एसपी कोइरालाले बताए।

प्रवेशपत्रदेखि नागरिकता समेत कीर्ते
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनका उनीहरुले प्रवेशपत्रदेखि नागरिकता समेत कीर्ते गरेको खुलेको छ। क्रस चेक हुने सम्भावना भएको र नागरिकतामा भएको फोटोसँग मेल खुवाउनका लागि उनीहरुले नागरिकता समेत कीर्ते गरेको खुलेको एसपी कोइरालाले बताए।

सक्कली परीक्षार्थीको प्रवेशपत्र र नागरिकतामा भएको फोटो उप्काएर नक्कली परीक्षार्थीको फोटो टाँस गरी स्ट्याम्प समेत हानेर हुबहु बनाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।

यसरी सरकारी तथा सार्वजनिक कागजात कीर्ते गरेकाले उनीहरुविरुद्ध सार्वजनिक लिखत सम्बन्धीको कसूरमा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। अर्कोतर्फ चिकित्सा शिक्षा ऐन पनि आकर्षित हुने भएकाले सो अनुसार पनि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्