• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नै नक्कली परीक्षार्थी : १८ लाखसम्म शुल्क, भारतदेखि खेताला

64x64
नेपाल लाइभ आइतबार, चैत २०, २०७८  १४:५७
1140x725
पक्राउ परेका नक्कली परीक्षार्थी।

काठमाडौं– एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बन्नेहरू किस्ट कलेजका विद्यार्थीदेखि भारतीय नागरिकसम्म रहेको खुलेको छ।

लामो निगरानी र सुक्ष्म अनुसन्धान पछि अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ।

चैत १८, २० र २१ गते सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने गरेको सूचना आएपछि महाशाखाले निगरानी बढाएको थियो। जसअनुसार १८ गते पाँच जनालाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु र ललितपुरमा पठाएको छ।

भारतीयदेखि एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी समेत पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतीय नागरिकदेखि एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसम्म रहेको महाशाखाका एसएसपी वसन्त कुवँरले बताए।

कोटेश्वरस्थित ग्रामर स्कुल परीक्षा केन्द्रबाट सप्तरीको राजगढ गाउँपालिका–१ का २६ वर्षीय राम आशिष यादव पक्राउ परेका थिए। रकम लिएर अरुको परीक्षा दिने यादव किस्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

उनले रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का २० वर्षीय स्मित सिंहको नामबाट परीक्षा दिएका थिए। स्मितको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर यादवले परीक्षा दिएको प्रहरीको दाबी छ। उनी पटक पटक नक्कली परीक्षार्थी भएको समेत अनुसन्धानबाट खुलेको छ। उनले नक्कली परीक्षार्थीको रुपमा बी फार्मेसीको समेत परीक्षा दिने तयारी गरेको पाइएको छ।

उनीसँगै किस्ट कलेजमा अध्ययनरत तीन जना विद्यार्थी पक्राउ परेका छन्। किस्टमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विद्यार्थी अमर पण्डितलाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेको अवस्थामा ललितपुरस्थित सीसीआरसी कलेजबाट पक्राउ गरिएको हो।

पूर्वसूचना अनुसार उनलाई रेकी र सोधपुछ गरेपछि पण्डितले पुरै परीक्षा समेत नदिई परीक्षा हलबाट निस्केका थिए। प्रहरीसमक्ष पण्डितले भनेका छन्, ‘नक्कली हो/होइन भनेर पहिल्यै केरकार भएकाले डरले पुरै परीक्षा नै नदिई निस्केका हुँ।’

Ncell 2
Ncell 2

महोत्तरीको सम्सी–४ का पण्डितले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ का २१ वर्षीय वृकेश यादवको नामबाट परीक्षा दिएका थिए।

सर्लाहीको चक्रघट्टा–४ का २२ वर्षीय रामनाथ चौधरी एमबीबीएस अध्ययनरत नक्कली परीक्षार्थी हुन्। किस्ट कलेजमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत चौधरीले धनुषाको अन्दुपट्टी गाउँपालिका–१ का २२ वर्षीय आजिव कुमार यादवको नाममा परीक्षा दिएको खुलेको छ। उनलाई पनि सीसीआरसी कलेजस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो।

नक्कली परीक्षार्थी बनेर एमबीबीएसको परीक्षा दिन भारतदेखि काठमाडौंसम्म आएका व्यक्ति समेत समातिएका छन्। भारत बिहार औरगंबाद, रफिगञ्जका २४ वर्षीय इस्तियाख अहमद पनि पक्राउ परेका हुन्। उनले महोत्तरीको सम्सीका २३ वर्षीय सन्नीकुमार साहको नामबाट परीक्षा दिएका थिए। अहमदलाई एमबीसन कलेज मध्यबानेश्वरबाट पक्राउ गरिएको हो।
 
खेताला खोजर आफ्नो नाममा परीक्षा दिन लगाउने सन्नी पनि समातिएका छन्। बाँकी तीन जना भने फरार रहेकाले उनीहरुलेको खोजी भइरहेको प्रहरीले जनाएको छ। मुद्दा बुझाउने बेलासम्म पक्राउ नपरे फरार प्रतिवादी बनाएर मुद्दा लगिने प्रहरीले जनाएको छ।

१८ लाखसम्म शुल्क
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुले १८ लाख रुपैयाँसम्म असुली गर्ने गरेको महाशाखाका प्रवक्ता तथा एसपी कृष्ण कोइरालाले जानकारी दिए। जस्ट पास भएकाहरुबाट ५ लाख रुपैयाँसम्म लिने सर्तमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेको खुलेको छ।
 
त्यसैगरी, निश्चित रकम तिरेर एमबीबीएस अध्ययनरत गर्न पाउने गरी नाम निस्केकाहरुले १० लाख रुपैयाँसम्म दिनुपर्ने सर्तमा परीक्षा दिने गरेको खुलेको छ। 

फ्रि स्कलरसीपमा नाम निस्केकाहरुले भने नक्कली परीक्षार्थीलाई १८ लाख रुपैयाँसम्म दिनुपर्ने सर्तमा परीक्षा दिइएको खुलेको हो। पास भएपछि बाँकी रकम लिने सर्तमा एड्भान्सको रुपमा ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म शुल्क लिएर परीक्षा दिइएको पाइएको छ।

चिकिस्ता क्षेत्रमा कार्यरत चिकिस्तसकहरुले समेत एमबीबीएस पढिरहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएर नक्कली परीक्षार्थीको रुपमा प्रयोग गर्ने गरेको पाइएको एसपी कोइरालाले बताए।

प्रवेशपत्रदेखि नागरिकता समेत कीर्ते
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनका उनीहरुले प्रवेशपत्रदेखि नागरिकता समेत कीर्ते गरेको खुलेको छ। क्रस चेक हुने सम्भावना भएको र नागरिकतामा भएको फोटोसँग मेल खुवाउनका लागि उनीहरुले नागरिकता समेत कीर्ते गरेको खुलेको एसपी कोइरालाले बताए।

सक्कली परीक्षार्थीको प्रवेशपत्र र नागरिकतामा भएको फोटो उप्काएर नक्कली परीक्षार्थीको फोटो टाँस गरी स्ट्याम्प समेत हानेर हुबहु बनाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।

यसरी सरकारी तथा सार्वजनिक कागजात कीर्ते गरेकाले उनीहरुविरुद्ध सार्वजनिक लिखत सम्बन्धीको कसूरमा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। अर्कोतर्फ चिकित्सा शिक्षा ऐन पनि आकर्षित हुने भएकाले सो अनुसार पनि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई... सोमबार, माघ १२, २०८२
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आ... सोमबार, माघ १२, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन्। आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्