काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइमा नबस्ने निर्णय गरेका छन्।
यसअघि एमाले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश दिएको भन्दै उनले त्यहीसँग सम्बन्धित मुद्दा भएकाले नबस्ने निर्णय गरेका हुन्।
उनले आफूले अन्तिरम आदेश जारी गर्दा एकीकृत समाजवादीलाई वैद्यता दिएको भन्दै वैधानिकता सम्बन्धीको मुद्दामा बस्न नमिल्ने बताएका हुन्। सर्वोच्चमा आइतबार गोलाप्रथाबाट उक्त मुद्दा न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीको जलासमा पेसी तोकिएको थियो।
मुद्दाको पेसी चढेपछि पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन भने इजलासले अस्वीकार गरेको थियो। तर, न्यायाधीश सुवेदीले नै आफू बस्ने नमिल्ने भनेपिछ मुद्दाको सुनुवाइ अन्योल भएको छ।
निवेदक पक्षले आज सुनुवाइ नगर्ने हो भने अब कहिले गर्ने भन्ने आजै मिति तोक्नुपर्ने माग गरेका छन्। अर्को मिति तोक्नका लागि अहिले इजलास बसिरहेको छ।
यसअघि सर्वोच्चले अन्तिम सुनुवाइका लागि आजको मिति तोकेको थियो।
यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको थियो।
एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।
ओलीले एमाले विभाजन गर्न तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख समेतलाई विपक्षी बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।