काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर जाने कुराले जनविरोधी शक्तिको निन्द्रा हराम भएको बताएका छन्।
समाजवादी प्रेस संगठन नेपालले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘यो सहमतिले सकारात्मक सन्देश दिएको छ। जनता उत्साहित छन्,’ उनले भने, ‘जनविरोधीको मुख चाउरिएको छ। निन्द्रा हराम भएको छ। बेहोस हुन बेर छैन।’
उनले जनविरोधी शक्तिको दिगाम बिग्रेर बरबराउँदै जथाभाबी बोल्ने काम गरिरहेको टिप्पणी पनि गरे।
विभिन्न दलहरुबाट मिलेर जानुपर्छ भन्ने प्रस्ताव पनि आइरहेको भन्दै उनले एकीकृत समाजवादी पनि आफ्नो शक्तिमा अघि बढ्ने बताए।
देशमाथि कुठाराघात गर्ने र मुलुकलाई गलत बाटोमा लगेर जानेसँग कुनै हालतमा एकता नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।