• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

कीर्तिमानी अर्थात् दीपेन्द्र

64x64
दीप सुवेदी शनिबार, चैत १९, २०७८  २१:३४
1140x725

काठमाडौं– कीर्तिमानको अर्को नाम हो, क्रिकेट। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी२० आई सिरिजमा पनि एकपछि अर्को कीर्तिमान बनिरहेको छ।

बिहीबार मात्रै पपुवा न्यू गिनीविरुद्धको खेलमा तीव्र गतिका बलर करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएर आफ्नो नाममा कीर्तिमान खडा गरे। यसअघि टी२० आईको एकै इनिङ्समा ५ विकेट लिने मात्रै होइन ह्याट्रिक विकेट लिने समेत नेपाली खेलाडी थिएनन्। 

त्यसैको दुई दिनपछि नेपाली क्रिकेटमा अर्को एक कीर्तिमान थपिएको छ। शनिबार मलेसियासँग भएको खेलमा युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान बनाएका हुन्। खेलमा चौथो नम्बरमा ब्याटिङमा उत्रिएका दीपेन्द्रले टोलीका लागि विशाल स्कोर खडा गर्न मद्दत मात्रै गरेनन्, टी२० आई करिअरकै पहिलो शतक बनाउँदै एकै इनिङ्समा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो। र, मलेसियालाई ८५ रनले हराउँदै शतप्रतिशत जितसँगै नेपालले फाइनलको यात्रा तय गर्‍यो।

जसमा दीपेन्द्रको ५७ बलमा १० चौका र ६ छक्कासहित १ सय १० रनको अविजित इनिङ्स महत्त्वपूर्ण रह्यो। योसँगै दीपेन्द्र नेपालबाट टी२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्।

उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमान समेत तोडेका छन्। ज्ञानेन्द्रले सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ्स खेलेका थिए।

त्यसअघि, २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए। कुशल भुर्तेलले पनि फिलिपिन्सविरुद्ध ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित इनिङ्स खेलेका थिए।

तर, दीपेन्द्र नेपालबाट ओडीआई र टी२० आई दुवैमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। पारस यी दुवैमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडीआई खेलमा नेपालको लागि पहिलो शतक प्रहार गरेका थिए। उक्त खेलमा १ सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए।

नेपालका कप्तान सन्दीप लामिछाने विश्वकप छनोट र लिग–२ मा ब्याटिङ नचले पनि नेपालको घरेलु भूमिमा राम्ररी ब्याटिङ चल्नु टोलीको लागि सकरात्मक पक्ष रहेको बताउँछन्। 

‘अहिले विकेटले पनि साथ दिएको छ र ब्याटिङ यसरी चल्नु भनेको हाम्रा लागि सकारात्मक लक्षण हो,’ उनी भन्छन्,‘ अहिले ब्याटरको अप्रोच राम्रो छ र त्यसमा विकेटले राम्रो साथ दिएको छ। लिडरको हिसाबमा मलाई यस कुराले सहज बनाएको छ।’

उनको कुरा सहि नै हो, ओमान टूरमा दीपेन्द्र मात्रै होइन अन्य खेलाडी पनि जमेर खेल्न सकेका थिएनन्। तर, दीपेन्द्रले घरेलु मैदानमा यसै साता पपुवा न्युगिनीसँगको ओडीआईको दोस्रो खेलमा १ सय ५ रनको इनिङ्स खेलेका थिए। टी२० आईमा दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए। 

दीपेन्द्रले शतक बनाउने क्रममा अर्का युवा ब्याटर रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। यस्तै, अन्तिम बलमा आदिल अन्सारी रनआउट हुनुअघि दीपेन्द्रले ५९ रनको साझेदारी गरे।

कीर्तिपुरमा दीपेन्द्रको यसै हप्ता यो तेस्रो कीर्तिमान हो। बिहीबार मात्रै उनले आदिलसँग मिलेर एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए। पपुवा न्यू गिनीका तीव्र गतिका बलर नोसैना पोकनालाई १९औं ओभरमा दीपेन्द्र र आदिलले ३२ रन जोडेको थिए। जुन नेपालले टी२० आईमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो।

टी२० आई मात्र नभएर सम्भवत: अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो एकै ओभरमा सर्वाधिक रन हो। विश्वको टी२० आईमा एकै ओभरमा बनाएको चौंथो धेरै रन हो।

एकै ओभरमा सर्वाधिक रन भने इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र श्रीलंकाका अकिला धनन्जयले खर्चिएका छन्। सन् २००७ को टी२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर ब्रोडलाई भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

यता, वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले २०२१ मा स्पिनर अकिला धनन्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

आदिलले पहिलो बलमा चौका प्रहार गरेका थिए। दोस्रो र तेस्रो बलमा आदिलले दुई छक्का प्रहार गरे। तेस्रो नो बलमा पुन: छक्का प्रहार गर्दा चौथो बलमा तीन रन बटुलेका थिए। पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीले सानदार छक्का प्रहार गरेपछि नेपाललाई दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर बनेको थियो।

अन्तिम बलमा छक्का प्रहार गरेको भए टी२० आई एकै ओभरमा सर्वाधिक रन बनाउने जोडी बन्न पुग्थे। तर, दीपेन्द्र लङअफमा टोनी उराबाट क्याच भएपछि दुर्लभ कीर्तिमानबाट चुकेका थिए। त्यसअघिको १७औं ओभरमा नेपालले नोर्मन भानुआलाई ३ छक्का र १ चौकासहित कुल २४ रन जोडेका थिए।

२०२० मा भारतीय शिवम दुबेले न्यूजिल्यान्डविरुद्ध एकै ओभरमा ३४ रन खर्चेका थिए। दक्षिण अफ्रिकाका वेन पार्नेल, अफगानिस्तानका इजातुल्लाह दलतजजाई, भारतीय स्टुर्ट बिन्नी र नेदरल्यान्ड्सका म्याक्स ओडआउडले एकै ओभरमा ३२–३२ रन खर्चेका थिए।

यस्तै, मलेसियाविरुद्ध खेल्ने क्रममा बुधबार दीपेन्द्रले टी२० आईमा अर्को कीर्तिमान बनाएका थिए। मलेसियासँग खेल्दा २१ रन बनाउने क्रममा उनले पूर्व कप्तान पारसलाई नै पछि छोड्दै टी२० आईमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बने। पारसले ३३ खेलमा ७९९ रन बनाएका थिए। 

दीपेन्द्रले ३८ खेलमा ४ अर्धशतकसहित ९७९ रन बनाएका छन्। तेस्रो स्थानमा ज्ञानेन्द्र मल्ल छन्। मल्लले ४० खेलका ३४ इनिङ्समा ७४८ रन बनाएका छन्। 

कप्तान लामिछाने टियु मैदानलाई ब्याटिङको लागि उपयुक्त मैदान मान्छन्। बिगतको तुलनामा अहिले मैदान पनि राम्रो छ। अहिले मैदानको घाँस खुर्केर चिल्लो बनाइएको छ। यसले गर्दा पनि रन बनिरहेको छ। यसका साथै आउट फिल्ड पनि छिटो भएको कारण रन बनिरहेको उनको बुझाइ छ। 

‘दुबई र ओमानमा खेल्दा खासै रनहरु बनिरहेको थिएन। तर, नेपालको पिच ब्याटिङको लागि एकदम राम्रो छ। आउट फिल्डपनि छोटो छ। बलरले एक इन्च पनि तलमाथि बल फाल्यो भने बाउन्ड्री जान सक्छ। सबै कुरा मिल्दा ब्याटिङ राम्रो भएको छ,’ उनले भने।  

रोहितको पहिलो अर्धशतक, दीपेन्द्रको साथ
शनिबारको खेलमा तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू धरापमा परे। 

अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भएपछि नेपाल ३.२ ओभरमा २–३६ को स्थितिमा पुगेको थियो। कुशल आउट हुनेबित्तिकै क्रिजमा आएका युवा ब्याटर रोहितले दीपेन्द्रसँग मिलेर इनिङ्स उकासे। 

दीपेन्द्रसँग ९३ रनको साझेदारी गरेका रोहित १३औं ओभरको चौथौ बलमा मोहम्मद आमिरको बलमा डिपमिडविकेटमा क्याच भए। आउट हुनुपूर्व रोहितले ३४ बलमा ५ चौकासहित ५१ रन बनाए। रोहित मोहम्मद आमिरको बलमा डिपमिडविकेटमा क्याच भएका थिए। 

ओडीआईमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहित सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्ससँगको खेलपछि नेपालको टी२० आई टोलीमा थिएनन्। उक्त अन्तिम खेलमा रोहितले १५ रनको अविजित इनिङ्स खेलेका थिए।

रोहितले ओडीआईमा सुधारिएको प्रदर्शन गरेपनि टी२० आईमा बिर्सनलायक रेकर्ड थियो। त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत पपुवा न्यू गिनीविरुद्धको पहिलो खेलमा कमब्याक गर्नुअघि उनले ११ खेलमा ८० रन मात्रै बनाएका थिए। उनको उच्च प्रदर्शन थियो १९ रन। 

तर, रोहितले सुधारिएको प्रदर्शन गरेका छन्। शनिबार मलेसियाविरुद्ध उनले टी२० आई करिअरमै पहिलोपटक अर्धशतक प्रहार गरे। यसअघि उनले यही सिरिजअन्तर्गत पपुवा न्यू गिनीविरुद्धको खेलमा ३४ रन प्रहार गरेका थिए। यस्तै, मलेसियाविरुद्ध १२ रनमा समेटिएका रोहितले पपुवा न्यू गिनीविरुद्धको दोस्रो तथा सिरिजको तेस्रो खेलमा २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाएका थिए।

कप्तान लामिछाने भन्छन्, ‘१३/१४ ओभरको खेल चल्दै गर्दा २ सय ३५ सम्म पुग्छ होला लागेको थियो। तर, २ सय २३ रन बन्यो। अझै पनि हामीले केही रन थप गर्न सक्नु पर्थ्यो। सुरुमा २ विकेट गुमाएर पनि यहाँसम्म पुग्नु एकदम ठूलो सफलता हो। यसमा केही सुधार गर्नुपर्ने पक्ष छन्,’ उनले भने।

कीर्तिपुर मैदानमा छैटौंपटक नेपालको २ सय ‘प्लस’ रन
कीर्तिपुर मैदानमा खेलेका टी२० आई क्रिकेटमा नेपालले छैटौंपटक एकै इनिङ्समा २ सयभन्दा बढी रन बनाएको छ। टी२० आई क्रिकेटमा समग्रमा नेपालले छैटौंपटक २ सयभन्दा बढी रन बनाएको हो। नेपालले जारी सिरिजअन्तर्गत पपुवा न्यू गिनीविरुद्धको दोस्रो खेलमा २०३ रन बनाएको थियो। यस्तै, शनिबार नेपालले मलेसियाविरुद्ध २२३ रन बनायो। 

मलेसियाविरुद्ध बनाएको रन नेपालले टी२० आईमा बनाएको तेस्रो ठूलो स्कोर हो। यसअघि नेपालले गत वैशाखमा यसै मैदानमै नेदरल्याण्ड्सविरुद्ध २३८ र २०१९ मा १३ औं सागमा भुटान विरुद्ध २३६ रन बनाएको थियो।

गत वर्ष नै नेपालले नेदरल्याण्ड्सविरुद्ध २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो। उक्त सिरिजमा समेत नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै सिरिज जितेको थियो। 

यता, नेपालको २०० ‘प्लस’ रनमा पाँचौपटक सेभ हो। गत फेब्रुअरीमा नेपालले ओमानमा फिलिपिन्सविरुद्ध २ सय १८ रन जोडेको थियो। यीमध्ये नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दै बनाएको २ सय ६ रनमा मात्र नेपाली टोली पराजित भएको थियो।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  २१:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप मंगलबार, भदौ २, २०८३
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन मंगलबार, भदौ २, २०८३
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्