• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

आर्थिक संकट चुलिएपछि भारतमा शरणार्थी बन्न ज्यानकै जोखिम मोल्दैछन् श्रीलंकन

64x64
नेपाल लाइभ शनिबार, चैत १९, २०७८  १९:१७
1140x725
श्रीलंकामा माछा मार्न प्रयोग गरिएका डुंगा।

काठमाडौं– श्रीलंकाका कैयौं परिवार आफ्नो देश छाडेर भारत पलायन हुन थालेका छन्। उनीहरू अवैध रूपमा भारतीय समुन्द्री किनार आइपुगेका छन्। श्रीलंकामा अस्वाभाविक मूल्यवृद्धि मात्र नभइ अत्यावश्यक सामानको हाहाकारसमेत हुन थालेपछि उनीहरू देश छाडेर हिँडेका हुन्।

गएको चैत ८ देखि १० गतेसम्ममा कयौं श्रीलंकन नागरिक डुंगामा भारती समुन्द्री किनार आइपुगेको सञ्चारमाध्यमहरूले जनाएका छ। उनीहरूलाई भारतको तमिलनाडुस्थित मरिन प्रहरीले हिरासतमा लिएको छ। 

श्रीलंकाका नागरिकहरूको पहिलो समूह चैत ८ गते बिहान तमिलनाडुको धनुषकोडी पुगेको थियो। यो समूहमा श्रीलंकाको जाफना र मन्नारीका दुई परिवारका तीन वयस्क र तीन बालबालिका थिए। उनीहरूमध्ये एक जना हुन् २७ वर्षीय गजेन्द्रन्, जो जाफनामा चित्रकारको रूपमा काम गर्थे। यसअघि, उनी श्रीलंकामा भएको गृहयुद्धको अन्तिम समयतिर भारत आएर तमिलनाडुको शरणार्थी शिविरमा बसेका थिए। त्यहाँ सन् १९८३ बाट सुरु भएको गृहयुद्ध सन् २००९ मा समाप्त भएको थियो।

त्यसैगरी, अर्को एक समूह पनि त्यही दिन भारतको धनुषकोडी पुगेको थियो। त्यस समूहमा १० व्यक्ति थिए, जसमध्ये पाँच जना वयस्क र पाँच बालबालिका थिए। उनीहरू श्रीलंकाको बाबुनियाका थिए। त्यस यता पनि श्रीलंकनहरू भारत आउने क्रम नरोकिएको जनाइएको छ।

समुन्द्रको ३७ घण्टे यात्रा
शिवराथिनम (३५) माछा मार्ने काम गर्छन्। उनी पनि श्रीलंका छाडेर भारत पुगेका छन्। उनी १० जनाको समूहमा थिए, जो बाबुनियाबाट धनुषकोडी आइपुगेका छन्।

उनी चैत ६ गते भारत जान श्रीलंकाबाट समुन्द्रमा हेलिएका थिए। उनीसँगै श्रीमती, बहिनी, बहिनीका भाई र उनका तीन बच्चा थिए। उनीहरूले समुन्द्र तर्न माछा मार्ने डुंगा प्रयोग गरेका थिए। त्यही डुंगाले भारतसम्मको यात्रा तय गरे।

भारत र श्रीलंकाबीचको सबैभन्दा छोटो दूरी करिब ५५ किलोमिटर छ। श्रीलंकाबाट भारतको नजिकको ठूलो शहर रामेश्वरम हो। तर, नजिकको भूभाग भने धनुषकोडी हो। यो एउटा सानो शहर हो। उनीहरू धनुषकोडी हुँदै रामेश्वरमसम्म जाने गरी प्रस्थान गरेका थिए। तर, माछा मार्ने डुंगामा त्यति लामो यात्रा सहज थिएन।

भारत र श्रीलंकाको समुन्द्री सीमा उल्लंघन गरेर माछा मारेको आरोपमा यसअघि पनि भारतले श्रीलंकनहरुलाई नियन्त्रणमा लिने गरेको थियो। तर, अहिले नियन्त्रणमा लिइएकाहरु माछा मार्न गएका थिएनन्। बरु माछा मार्ने डुंगा प्रयोग गरेर भारत प्रवेश गर्दै थिए। यो यात्रा निकै जोखिमपूर्ण थियो।

Ncell 2
Ncell 2
भारत आइपुगेका श्रीलंकनहरु।

समुन्द्रबीच पुगेपछि उनीहरूको डुंगा बिग्रिएको थियो। अनि घन्टौंसम्म समुन्द्रबीचमै फसेका थिए। उनहरूले एक रात समुन्द्रमै बिताउनु परेको थियो। शिवराथिनमले भने, ‘हाम्रो यात्रा सुरु भएको करिब दुई घण्टापछि डुंगाको इन्जिन समुन्द्रकै बीचमा अचानक बिग्रयो। हामी करिब ३७ घण्टासम्म त्यहाँ बिनाभोजन, बिनापानी फसेँका थियौं।’

निकै ठूलो प्रयासपछि उनीहरुले जसोतसो इन्जिन ठीक गरे। अनि, ८ चैतमा भारतीय भूमिमा टेक्न पुगे। तर, त्यहाँ पनि सुख भने पाएनन्। उनीहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो। उनीहरूविरुद्ध अहिले अवैध प्रवेशसम्बन्धी मुद्दा चलाइने छ। उनीहरूलाई रामेश्वरम न्यायिक मजिस्ट्रेट अदालतमा पेश गरिनेछ।

भारतका कोस्टगार्ड अधिकारीहरुका अनुसार अवैध रुपमा भारतमा हुन सक्ने श्रीलंकनहरूको प्रवेशलाई रोक्न प्रहरीले गस्ती बढाएको छ। उता, श्रीलंकाको जलसेनाले पनि अवैध रूपमा भारत घुसपैठ गर्ने आफ्ना नागरिकलाई रोक्न विशेष योजना बनाएको जनाएको छ। 

जलसेनाका प्रवक्ता क्याप्टेन इन्डिका डी सिल्बाका अनुसार श्रीलंकनलाई अवैध रूपमा भारत पुग्नबाट रोक्न एउटा प्रणाली निर्माण गरिएको छ। अहिले नै यो शतप्रतिशत प्रभावकारी नभए पनि सफलतापूर्वक लागू गर्ने कोसिस भइरहेको उनको भनाइ छ। सिल्बाले भनेका छन्, ‘हामीले मान्छेहरू श्रीलंका छाडेर कसरी भारत पुगिरहेका छन् भन्ने अध्ययन सुरु गरिसकेका छौं। अब शरणार्थी भएर जाने काम बन्द हुन्छ।’

आर्थिक संकटपछि अनिकालको जोखिम
श्रीलंका अहिले निकै ठूलो आर्थिक संकटसँग जुँधिरहेको छ। मार्च २०२० मा कोभिड नियन्त्रणका लागि गरिएको लकडाउनको क्रममा श्रीलंकाको प्रमुख उद्योगहरू चिया, कपडा र पर्यटन नराम्रोसँग प्रभावित भएका थिए। त्यसपछि स्थिर आयस्रोत नहुँदा यो टापु देश बिस्तारै आर्थिक संकटमा पर्न थालेको थियो। श्रीलंकासँगको मौजाद विदेशी मुद्रा पनि ओरालो लागिरहेको छ। 

देशको आर्थिक स्थिति बिग्रिदै जाँदा आवश्यक वस्तुहरुको मूल्य अकाशिएको छ। त्यहाँ अत्यावश्यक सामग्रीको मूल्य अहिलेसम्मकै महंगो भएको जनाइएको छ। खाना पकाउने ग्यासको कमीले होटलहरु बन्द भएका छन्। कैयौं राज्यका प्रमुख ग्यास आपुर्तिकर्तासँग ग्यास किन्ने पैसा नै छैन।

अत्यावश्यक सामग्री किन्न मानिसहरू पसलअघि लाममा उभिएका छन्। तर, पसलभित्र पुग्नुअघि नै सामान सकिएर सटर बन्द गरिन्छ। यस्तो अवस्थाले कतिपय ठाउँमा झडपसमेत भएको छ। 

श्रीलंकामा अघिल्लो साता सरकारी पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपर्ने अवस्था आएको थियो। अत्यावश्यक पेट्रोल तथा डिजेलको आपूर्तिमा समस्या हुँदा पम्पमा लामो लाइन लागेको थियो। भिडमा कुनै हिंसात्मक गतिविधि नहोस् भनेर सेना तैनाथ गरिएको थियो।

पेट्रोल र डिजेल मात्रै नभएर खाद्यान्नदेखि अत्यावश्यक इन्धनका वस्तुहरुको मूल्य उकालो लागेको छ। अनाजदेखि चिनी, सब्दी, औषधीजस्ता वस्तुहरुको अभाव देखिएको छ। मंहगी पहिलेभन्दा चार गुणा बढेको छ। विदेशी मुद्राको अभावमा श्रीलंकाले छिमेकी देशसँग अत्यावश्यक वस्तु खरिद गर्न पनि सकिरहेको छैन।

यसअघि, सन् १९७० को दशकमा सिरिमावो बन्दरानाइके प्रधानमन्त्री हुँदा अनिकालको अवस्था सिर्जना भएको थियो। तर, कतिपय मानिसहरूले श्रीलंकामा अहिले सिर्जना भएको संकटको अवस्था त्योभन्दा पनि खराब भएको बताएका छन्। 

श्रीलंकाको अवस्था यति नाजुक भएको छ कि त्यहाँ कागज किन्ने पैसा नभएका कारण परीक्षा पत्र छाप्न नसक्दा विद्यालयको परीक्षा नै रद्द भएको छ। देशको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकअनुसार श्रीलंकाको विदेशी मुद्रा भण्डारण यो वर्षको जनवरीमै २४.८ प्रतिशतले घटेको थियो। जनवरीमै त्यहाँ विदेशी मुद्रा २.३६ अर्ब डलरमा झरेको थियो। रुस र युक्रेनको युद्धका कारण पनि श्रीलंकाको अर्थ व्यवस्था थप संकटमा परेको छ।

आर्थिक संकट आउनुको कारण
श्रीलंकाको अर्थव्यवस्था धेरै हदसम्म त्यहाँको पर्यटनमा आधारित छ। देशको जीडीपीमा पर्यटनले १० प्रतिशतसम्म योगदान दिन्छ। तर, कोरोना महामारीका कारण श्रीलंकामा पर्यटकहरूको आगमन पूर्ण रूपमा बन्द भयो। जसकारण त्यहाँको पर्यटन उद्योगमा ठूलो असर प¥यो। पहिलेबाटै संकटमा परिरहेको अर्थतन्त्रमा कोरोना महामारीले थप धक्का दियो।

कोभिडका कारण पर्यटनमा परेको असरबीच श्रीलंका सरकारले केही यस्ता गल्तीहरू गर्‍यो, जसले त्यहाँको अर्थव्यवस्थालाई थप कमजोर बनायो। सन् २०१९ मा नवनिर्वाचित गोटाबाया राजापक्षे सरकारले नागरिकको खर्च गर्ने क्षमतालाई बढाउन करलाई कम गरेको थियो। जसले सरकारको राजश्वमा ठूलो नोक्सान पार्‍यो।

श्रीलंकाको सरकारले देशमा भएको रासायनिक मलबाट हुने खेतीलाई बन्द गर्न दिइएको आदेश आफ्नै लागि घातक साबित भयो। विशेषज्ञहरुका अनुसार यो निर्णयका कारण देशमा हुने उत्पादनमा निकै कमी आएको छ।

श्रीलंकाको खराब आर्थिक स्थितिको अर्को कारण त्यहाँको बढ्दो कर्जा पनि हो। चीनले मात्रै श्रीलंकालाई ५ अर्ब डलर ऋण दिएको छ। भारत र जापानले पनि श्रीलंकालाई ठूलो मात्रामा ऋण दिएका छन्। श्रीलंकाले देशमा अत्यावश्यक वस्तु आयातका लागि महंगो मूल्यमा डलर किन्नु परिरहेको छ। जसकारण देश थप ऋणमा डुबिरहेको छ भने आफ्नो मुद्राको मूल्य घटिरहेको छ।

श्रीलंकाले पूर्वाधार विकासका लागि चीनसँग ठूलो मात्रामा ऋण लिएको छ। अप्रिल २०२१ सम्म श्रीलंकालाई ३५ अर्ब डलरको ऋण छ। यसमध्ये १० प्रतिशत हिस्सा चीनको छ। यसमा श्रीलंकामा भएका कम्पनीलाई केन्द्रीय बैंकमार्फत दिइएको ऋण जोड्ने हो भने संख्या अझ बढी हुन्छ।

श्रीलंकाले ऋण लिएका पूर्वाधारका योजनाहरूमध्ये केही रोकिएका छन्। दक्षिणी श्रीलंकाको हम्बनटोटामा बन्दरगाह बनाउन चीनसँग १.८ अर्ब डलरको ऋण लिएको थियो। तर, त्यहाँको सरकारले तोकिएको समयावधीमा यो ऋण चुक्ता गर्न सकेन। अन्ततः सन् २०१७ मा चिनियाँ कम्पनीले यो बन्दरगाहलाई ९९ वर्षका लागि लिजमा लियो। चीनबाट लिइएको सामान्यभन्दा सामान्य ऋण पनि श्रीलंकाको लागि ठूलो ‘गलपासो’ साबित भइरहेको छ। श्रीलंकाको आर्थिक स्थिति बलियो बन्न नसक्दा पहिलेकै ऋण तिर्न कठिनाइ त भएकै छ, थप ऋण लाग्दै पनि गएको छ।

श्रीलंका हाल भारत, चीन र बंगलादेशमाथि निर्भर छ। खानपानदेखि अत्यावश्यक सामग्रीको लागि श्रीलंका यी देशसँग निर्भर भएको हो। तर, देशमा विदेशी मुद्राको भण्डारण बलियो नहुने र चारैतिरबाट ऋणले थिचिँदा श्रीलंकाको अर्थव्यवस्था दिनदिनै बिग्रदै गएको छ। त्यसको मारमा जनता परेका छन्। त्यसैले यो संकटबाट उम्किने उपाय खोज्दै उनीहरू भारत छिर्ने प्रयास गरिरहेका छन्।

-बीबीसी हिन्दी र अन्य एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ?
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै
सम्बन्धित सामग्री
इन्किलाब मोन्चोका नेता हादीको निधनपछि ढाकामा बढ्यो तनाव डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले र... शुक्रबार, पुस ४, २०८२
भेनेजुएलामा आवत–जावत गर्ने सबै तेल ट्यांकरहरुमा पूर्ण नाकाबन्दी गर्ने ट्रम्पको आदेश बुधबार ट्रुत शोसलमा एक पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलाविरुद्ध आतंकवाद, ड्रग्स तस्करी र मानव तस्करीको आरोप लगाएका छन् । बुधबार, पुस २, २०८२
हिंसा भड्काएको अभियोगमा मुस्लिम धर्मगुरुलाई ३५ वर्ष जेल उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको... मंगलबार, पुस १, २०८२
ताजा समाचारसबै
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ? शनिबार, पुस ५, २०८२
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर शनिबार, पुस ५, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै शनिबार, पुस ५, २०८२
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा शनिबार, पुस ५, २०८२
सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भैरहवाको मौसम खुलेन,चितवन हुँदै भैरहवा जाँदै रवि शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्