• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

आर्थिक संकट चुलिएपछि भारतमा शरणार्थी बन्न ज्यानकै जोखिम मोल्दैछन् श्रीलंकन

64x64
नेपाल लाइभ शनिबार, चैत १९, २०७८  १९:१७
1140x725
श्रीलंकामा माछा मार्न प्रयोग गरिएका डुंगा।

काठमाडौं– श्रीलंकाका कैयौं परिवार आफ्नो देश छाडेर भारत पलायन हुन थालेका छन्। उनीहरू अवैध रूपमा भारतीय समुन्द्री किनार आइपुगेका छन्। श्रीलंकामा अस्वाभाविक मूल्यवृद्धि मात्र नभइ अत्यावश्यक सामानको हाहाकारसमेत हुन थालेपछि उनीहरू देश छाडेर हिँडेका हुन्।

गएको चैत ८ देखि १० गतेसम्ममा कयौं श्रीलंकन नागरिक डुंगामा भारती समुन्द्री किनार आइपुगेको सञ्चारमाध्यमहरूले जनाएका छ। उनीहरूलाई भारतको तमिलनाडुस्थित मरिन प्रहरीले हिरासतमा लिएको छ। 

श्रीलंकाका नागरिकहरूको पहिलो समूह चैत ८ गते बिहान तमिलनाडुको धनुषकोडी पुगेको थियो। यो समूहमा श्रीलंकाको जाफना र मन्नारीका दुई परिवारका तीन वयस्क र तीन बालबालिका थिए। उनीहरूमध्ये एक जना हुन् २७ वर्षीय गजेन्द्रन्, जो जाफनामा चित्रकारको रूपमा काम गर्थे। यसअघि, उनी श्रीलंकामा भएको गृहयुद्धको अन्तिम समयतिर भारत आएर तमिलनाडुको शरणार्थी शिविरमा बसेका थिए। त्यहाँ सन् १९८३ बाट सुरु भएको गृहयुद्ध सन् २००९ मा समाप्त भएको थियो।

त्यसैगरी, अर्को एक समूह पनि त्यही दिन भारतको धनुषकोडी पुगेको थियो। त्यस समूहमा १० व्यक्ति थिए, जसमध्ये पाँच जना वयस्क र पाँच बालबालिका थिए। उनीहरू श्रीलंकाको बाबुनियाका थिए। त्यस यता पनि श्रीलंकनहरू भारत आउने क्रम नरोकिएको जनाइएको छ।

समुन्द्रको ३७ घण्टे यात्रा
शिवराथिनम (३५) माछा मार्ने काम गर्छन्। उनी पनि श्रीलंका छाडेर भारत पुगेका छन्। उनी १० जनाको समूहमा थिए, जो बाबुनियाबाट धनुषकोडी आइपुगेका छन्।

उनी चैत ६ गते भारत जान श्रीलंकाबाट समुन्द्रमा हेलिएका थिए। उनीसँगै श्रीमती, बहिनी, बहिनीका भाई र उनका तीन बच्चा थिए। उनीहरूले समुन्द्र तर्न माछा मार्ने डुंगा प्रयोग गरेका थिए। त्यही डुंगाले भारतसम्मको यात्रा तय गरे।

भारत र श्रीलंकाबीचको सबैभन्दा छोटो दूरी करिब ५५ किलोमिटर छ। श्रीलंकाबाट भारतको नजिकको ठूलो शहर रामेश्वरम हो। तर, नजिकको भूभाग भने धनुषकोडी हो। यो एउटा सानो शहर हो। उनीहरू धनुषकोडी हुँदै रामेश्वरमसम्म जाने गरी प्रस्थान गरेका थिए। तर, माछा मार्ने डुंगामा त्यति लामो यात्रा सहज थिएन।

भारत र श्रीलंकाको समुन्द्री सीमा उल्लंघन गरेर माछा मारेको आरोपमा यसअघि पनि भारतले श्रीलंकनहरुलाई नियन्त्रणमा लिने गरेको थियो। तर, अहिले नियन्त्रणमा लिइएकाहरु माछा मार्न गएका थिएनन्। बरु माछा मार्ने डुंगा प्रयोग गरेर भारत प्रवेश गर्दै थिए। यो यात्रा निकै जोखिमपूर्ण थियो।

Ncell 2
Ncell 2
nimb
nimb
भारत आइपुगेका श्रीलंकनहरु।

समुन्द्रबीच पुगेपछि उनीहरूको डुंगा बिग्रिएको थियो। अनि घन्टौंसम्म समुन्द्रबीचमै फसेका थिए। उनहरूले एक रात समुन्द्रमै बिताउनु परेको थियो। शिवराथिनमले भने, ‘हाम्रो यात्रा सुरु भएको करिब दुई घण्टापछि डुंगाको इन्जिन समुन्द्रकै बीचमा अचानक बिग्रयो। हामी करिब ३७ घण्टासम्म त्यहाँ बिनाभोजन, बिनापानी फसेँका थियौं।’

निकै ठूलो प्रयासपछि उनीहरुले जसोतसो इन्जिन ठीक गरे। अनि, ८ चैतमा भारतीय भूमिमा टेक्न पुगे। तर, त्यहाँ पनि सुख भने पाएनन्। उनीहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो। उनीहरूविरुद्ध अहिले अवैध प्रवेशसम्बन्धी मुद्दा चलाइने छ। उनीहरूलाई रामेश्वरम न्यायिक मजिस्ट्रेट अदालतमा पेश गरिनेछ।

भारतका कोस्टगार्ड अधिकारीहरुका अनुसार अवैध रुपमा भारतमा हुन सक्ने श्रीलंकनहरूको प्रवेशलाई रोक्न प्रहरीले गस्ती बढाएको छ। उता, श्रीलंकाको जलसेनाले पनि अवैध रूपमा भारत घुसपैठ गर्ने आफ्ना नागरिकलाई रोक्न विशेष योजना बनाएको जनाएको छ। 

जलसेनाका प्रवक्ता क्याप्टेन इन्डिका डी सिल्बाका अनुसार श्रीलंकनलाई अवैध रूपमा भारत पुग्नबाट रोक्न एउटा प्रणाली निर्माण गरिएको छ। अहिले नै यो शतप्रतिशत प्रभावकारी नभए पनि सफलतापूर्वक लागू गर्ने कोसिस भइरहेको उनको भनाइ छ। सिल्बाले भनेका छन्, ‘हामीले मान्छेहरू श्रीलंका छाडेर कसरी भारत पुगिरहेका छन् भन्ने अध्ययन सुरु गरिसकेका छौं। अब शरणार्थी भएर जाने काम बन्द हुन्छ।’

Xtrem

Xtrem

आर्थिक संकटपछि अनिकालको जोखिम
श्रीलंका अहिले निकै ठूलो आर्थिक संकटसँग जुँधिरहेको छ। मार्च २०२० मा कोभिड नियन्त्रणका लागि गरिएको लकडाउनको क्रममा श्रीलंकाको प्रमुख उद्योगहरू चिया, कपडा र पर्यटन नराम्रोसँग प्रभावित भएका थिए। त्यसपछि स्थिर आयस्रोत नहुँदा यो टापु देश बिस्तारै आर्थिक संकटमा पर्न थालेको थियो। श्रीलंकासँगको मौजाद विदेशी मुद्रा पनि ओरालो लागिरहेको छ। 

देशको आर्थिक स्थिति बिग्रिदै जाँदा आवश्यक वस्तुहरुको मूल्य अकाशिएको छ। त्यहाँ अत्यावश्यक सामग्रीको मूल्य अहिलेसम्मकै महंगो भएको जनाइएको छ। खाना पकाउने ग्यासको कमीले होटलहरु बन्द भएका छन्। कैयौं राज्यका प्रमुख ग्यास आपुर्तिकर्तासँग ग्यास किन्ने पैसा नै छैन।

अत्यावश्यक सामग्री किन्न मानिसहरू पसलअघि लाममा उभिएका छन्। तर, पसलभित्र पुग्नुअघि नै सामान सकिएर सटर बन्द गरिन्छ। यस्तो अवस्थाले कतिपय ठाउँमा झडपसमेत भएको छ। 

श्रीलंकामा अघिल्लो साता सरकारी पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपर्ने अवस्था आएको थियो। अत्यावश्यक पेट्रोल तथा डिजेलको आपूर्तिमा समस्या हुँदा पम्पमा लामो लाइन लागेको थियो। भिडमा कुनै हिंसात्मक गतिविधि नहोस् भनेर सेना तैनाथ गरिएको थियो।

पेट्रोल र डिजेल मात्रै नभएर खाद्यान्नदेखि अत्यावश्यक इन्धनका वस्तुहरुको मूल्य उकालो लागेको छ। अनाजदेखि चिनी, सब्दी, औषधीजस्ता वस्तुहरुको अभाव देखिएको छ। मंहगी पहिलेभन्दा चार गुणा बढेको छ। विदेशी मुद्राको अभावमा श्रीलंकाले छिमेकी देशसँग अत्यावश्यक वस्तु खरिद गर्न पनि सकिरहेको छैन।

यसअघि, सन् १९७० को दशकमा सिरिमावो बन्दरानाइके प्रधानमन्त्री हुँदा अनिकालको अवस्था सिर्जना भएको थियो। तर, कतिपय मानिसहरूले श्रीलंकामा अहिले सिर्जना भएको संकटको अवस्था त्योभन्दा पनि खराब भएको बताएका छन्। 

श्रीलंकाको अवस्था यति नाजुक भएको छ कि त्यहाँ कागज किन्ने पैसा नभएका कारण परीक्षा पत्र छाप्न नसक्दा विद्यालयको परीक्षा नै रद्द भएको छ। देशको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकअनुसार श्रीलंकाको विदेशी मुद्रा भण्डारण यो वर्षको जनवरीमै २४.८ प्रतिशतले घटेको थियो। जनवरीमै त्यहाँ विदेशी मुद्रा २.३६ अर्ब डलरमा झरेको थियो। रुस र युक्रेनको युद्धका कारण पनि श्रीलंकाको अर्थ व्यवस्था थप संकटमा परेको छ।

आर्थिक संकट आउनुको कारण
श्रीलंकाको अर्थव्यवस्था धेरै हदसम्म त्यहाँको पर्यटनमा आधारित छ। देशको जीडीपीमा पर्यटनले १० प्रतिशतसम्म योगदान दिन्छ। तर, कोरोना महामारीका कारण श्रीलंकामा पर्यटकहरूको आगमन पूर्ण रूपमा बन्द भयो। जसकारण त्यहाँको पर्यटन उद्योगमा ठूलो असर प¥यो। पहिलेबाटै संकटमा परिरहेको अर्थतन्त्रमा कोरोना महामारीले थप धक्का दियो।

कोभिडका कारण पर्यटनमा परेको असरबीच श्रीलंका सरकारले केही यस्ता गल्तीहरू गर्‍यो, जसले त्यहाँको अर्थव्यवस्थालाई थप कमजोर बनायो। सन् २०१९ मा नवनिर्वाचित गोटाबाया राजापक्षे सरकारले नागरिकको खर्च गर्ने क्षमतालाई बढाउन करलाई कम गरेको थियो। जसले सरकारको राजश्वमा ठूलो नोक्सान पार्‍यो।

श्रीलंकाको सरकारले देशमा भएको रासायनिक मलबाट हुने खेतीलाई बन्द गर्न दिइएको आदेश आफ्नै लागि घातक साबित भयो। विशेषज्ञहरुका अनुसार यो निर्णयका कारण देशमा हुने उत्पादनमा निकै कमी आएको छ।

श्रीलंकाको खराब आर्थिक स्थितिको अर्को कारण त्यहाँको बढ्दो कर्जा पनि हो। चीनले मात्रै श्रीलंकालाई ५ अर्ब डलर ऋण दिएको छ। भारत र जापानले पनि श्रीलंकालाई ठूलो मात्रामा ऋण दिएका छन्। श्रीलंकाले देशमा अत्यावश्यक वस्तु आयातका लागि महंगो मूल्यमा डलर किन्नु परिरहेको छ। जसकारण देश थप ऋणमा डुबिरहेको छ भने आफ्नो मुद्राको मूल्य घटिरहेको छ।

श्रीलंकाले पूर्वाधार विकासका लागि चीनसँग ठूलो मात्रामा ऋण लिएको छ। अप्रिल २०२१ सम्म श्रीलंकालाई ३५ अर्ब डलरको ऋण छ। यसमध्ये १० प्रतिशत हिस्सा चीनको छ। यसमा श्रीलंकामा भएका कम्पनीलाई केन्द्रीय बैंकमार्फत दिइएको ऋण जोड्ने हो भने संख्या अझ बढी हुन्छ।

श्रीलंकाले ऋण लिएका पूर्वाधारका योजनाहरूमध्ये केही रोकिएका छन्। दक्षिणी श्रीलंकाको हम्बनटोटामा बन्दरगाह बनाउन चीनसँग १.८ अर्ब डलरको ऋण लिएको थियो। तर, त्यहाँको सरकारले तोकिएको समयावधीमा यो ऋण चुक्ता गर्न सकेन। अन्ततः सन् २०१७ मा चिनियाँ कम्पनीले यो बन्दरगाहलाई ९९ वर्षका लागि लिजमा लियो। चीनबाट लिइएको सामान्यभन्दा सामान्य ऋण पनि श्रीलंकाको लागि ठूलो ‘गलपासो’ साबित भइरहेको छ। श्रीलंकाको आर्थिक स्थिति बलियो बन्न नसक्दा पहिलेकै ऋण तिर्न कठिनाइ त भएकै छ, थप ऋण लाग्दै पनि गएको छ।

श्रीलंका हाल भारत, चीन र बंगलादेशमाथि निर्भर छ। खानपानदेखि अत्यावश्यक सामग्रीको लागि श्रीलंका यी देशसँग निर्भर भएको हो। तर, देशमा विदेशी मुद्राको भण्डारण बलियो नहुने र चारैतिरबाट ऋणले थिचिँदा श्रीलंकाको अर्थव्यवस्था दिनदिनै बिग्रदै गएको छ। त्यसको मारमा जनता परेका छन्। त्यसैले यो संकटबाट उम्किने उपाय खोज्दै उनीहरू भारत छिर्ने प्रयास गरिरहेका छन्।

-बीबीसी हिन्दी र अन्य एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्