काठमाडौं– ९४औं अस्कर अवार्डमा इतिहासमै पहिलो पटक अश्वेत पारालैगिंक समुदायबाट अभिनेत्रीले अवार्ड जितेकी छिन्। अभिनेत्री एरियाना डेबास इतिहासमै पहिलो पटक अस्कर जित्ने अश्वेत पारालैगिंक अभिनेत्री बनेकी हुन्।
एरियानालाई फिल्म ‘वेस्ट साइड स्टोरी’का लागि उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड दिइएको हो। उनी पहिलो अभिनेत्री बनिन् जसले आफ्नो ‘सेम सेक्स’ सम्बन्धलाई सार्वजनिक गरेकी थिइन्। योसँगै एरियाना प्रतिष्ठिक अस्कर अवार्ड जित्ने दोस्रो एफ्रो लेटिन अभिनेत्री पनि बनेकी छिन्।
३१ वर्षकी एरियानाले अवार्ड पाएसँगै मञ्चमा दिएको अभिव्यक्तिले माहोललाई निकै भावुक बनाएको थियो। उनले आफ्नो करिअरको सुरुवाती दिन याद गर्दै भनिन्, ‘खुल्ला रुपमा क्वीर, एफ्रो लेटिन अश्वेत केटीले कलाको माध्यमबाट आफ्नो जीवनमा शक्ति पाएकी छे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।