• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अस्करको इतिहास : चार साथीले मिलेर बनाएका थिए योजना

64x64
नेपाल लाइभ सोमबार, चैत १४, २०७८  ०८:५८
1140x725

काठमाडौं– सोमबार ९४औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) हुँदै छ। ९४ वर्षदेखि हुँदै आएको अस्करको आफ्नै इतिहास छ। चार साथीहरु मिलेर सुरु गरेको अस्कर अहिले संसारकै सबैभन्दा ठूलो फिल्म महोत्सवको रुपमा मनाइन्छ।

अमेरिकाको एमजिएम स्टुडियोका प्रमुख लुइस बी मेयरले आफ्ना तीन साथीहरुसँग मिलेर अस्कर अवार्डको सुरुवात गरेका थिए। अभिनेता कानरेड नागेल, निर्देशक फ्रैड निबले र फिल्मकर्मी फिड बिटसोनसँग मिलेर लुइसले संसारभरकै फिल्मक्षेत्रलाई फाइदा पुग्ने कार्यक्रम गर्ने योजना बनाएका थिए।

त्यत्तिबेला फिल्म क्षेत्रका सबैभन्दा चर्चित ३६ मानिसलाई अमेरिकाको लस एञ्जेल्सको एम्बेस्डर होटलमा राखेर ‘इन्टरनेसनल एकेडेमी अफ मोशन पिक्चर फर आर्ट एण्ड साइन्स’को स्थापना गर्ने प्रस्ताव राखिएको थियो। १९२७ को मार्चमा संस्थाको पहिलो अध्यक्ष छानिएको थियो। डगलस फेयरबैन्क्स संस्थाका पहिलो अध्यक्ष बनेका थिए। 

१९२७ मे ११ मा फिल्म क्षेत्रका चर्चित २३० जनाले त्यत्तिबेला १ सय अमेरिकी डलर तिरेर एकेडेमीको सदस्यता लिएका थिए। सुरुवातको कार्यक्रममा ५ श्रेणीमा फिल्मकर्मीहरुलाई छुट्याइएको थियो। प्रोड्युसर (निर्माता), डिरेक्टर (निर्देशक), एक्टर (कलाकार), टेक्निसियन (फिल्मका प्राविधिक) र राइटर (फिल्म लेखक) गरी पाँच श्रेणीमा सदस्यहरुलाई छुट्याइएको थियो। 

२७० पाहुनाहरुलाई अमेरिकाको हलिउड रुजवेल्ट होटलमा प्राइभेट पार्टीमा बोलाएर पहिलो अस्कर अवार्ड वितरणको कार्यक्रम गरिएको थियो। उक्त समारोहको टिकटको मूल्य ५ अमेरिकी डलर राखिएको थियो। कार्यक्रममा न दर्शक थिए, न सञ्चारमाध्यम।

Ncell 2
Ncell 2

पहिलो अवार्ड कार्यक्रमका विजेताको घोषणा कार्यक्रम हुनुभन्दा तीन महिनाभन्दा अघि नै सार्वजनिक गरिएको थियो। दोस्रो वर्षदेखि अवार्ड हुने रातको ११ बजे पत्रपत्रिकामा विजेताहरुको सूची सार्वजनिक गर्न थालियो। तर, १९४० मा लस एञ्जेल्स टाइम्स पत्रिकाले कार्यक्रमभन्दा अघि नै विजेताको नाम घोषणा गरिदियो। त्यसपछि हरेक वर्ष कार्यक्रमका विजेताको नाम बन्द खाममा राख्ने चलनको सुरुवात भएको थियो।

अस्करको ट्रफीको इतिहास
अस्कर अवार्डमा वितरण गरिने अवार्डको आफ्नै विशेषता र महत्व छ। सँगै यसले आफ्नै इतिहास पनि बोकेको छ। 

ट्रफी निर्माणका लागि एमजिएम स्टुडियोका कला निर्देशकले हातमा तरवार बोकेका एक योद्धालाई फिल्मको रिलमा राखेर संरचना निर्माण गरेका थिए। यो संरचनालाई अन्तिम स्वरुपमा मूर्तिकार जार्ड स्टेनले दिएका थिए। ९२.५ प्रतिशत टिन र ७.५ प्रतिशत तामाले भरिएको ‘गोल्ड प्लेटेड’ अवार्डलाई १३ इञ्च लामो र ३.८५ किलोग्रामको बनाइएको थियो। पहिलो पटक अवार्ड बनाएँदा २ हजार ७०१ वटा अवार्ड बनाइएको थियो। इतिहासमा एक पटक काठको ट्रफी पनि बनाइएको थियो। उक्त ट्रफी १९३८ मा अमेरिकी अभिनेता एडगर बर्जेनलाई दिइएको थियो। 

अस्करको पहिलो प्रसारण
१९२९/१९३० मा कुल १५ जनालाई अस्कर अवार्डबाट सम्मानित गरिएको थियो। पहिलो एकेडेमी अवार्डमा सञ्चारमाध्यमको उपस्थिति थिएन। तर, विस्तारै अस्कर अवार्डको महत्व र चर्चा निकै भइसकेको थियो। पत्रपत्रिकादेखि सञ्चारमाध्यममा अस्कर अवार्डलाई निकै महत्वका साथ प्रसारण तथा प्रकाशन गर्न थालिएको थियो। 

सन् १९५३ मा अस्करको पहिलो प्रसारण भयो। एनबिसी नामक टेलिभिजनले अस्कर अवार्ड वितरणको कार्यक्रमलाई पहिलो पटक प्रसारण गरेको थियो।

अस्करमा त्यत्तिबेलासम्म मुख्यगरी हलिउडका फिल्महरुलाई समावेश गरिन्थ्यो। सन् १९५७ बाट भने त्यसमा पनि परिवर्तन आयो। १९५७ मा पहिलो पटक अस्करमा उत्कृष्ट विदेशी भाषाको फिल्म (बेस्ट फरेन ल्याङ्वेज फिल्म)को विधा थपियो। उक्त विधाका लागि अमेरिकाबाहेकका देशहरुले पनि फिल्महरु पठाए। अस्करमा फिल्म छनोटका लागि नियम भने थिए। फिल्मलाई कम्तीमा ४० मिनेटको बनाउनुपर्ने मापदण्ड थियो। सँगै त्यत्तिबेला फिल्मलाई ३३ मिलिमिटर वा ७० मिलिमिटरको रिलमा २४ फ्रेम प्रति सेकेण्ड वा ४८ फ्रेम प्रति सेकेण्ड खिच्नुपर्ने मापदण्ड राखिएको थियो।
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसको विशेष महाधिवेशन समारोह (LIVE)
अर्जुननरसिंहले भने:  लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन समारोह (LIVE) आइतबार, पुस २७, २०८२
अर्जुननरसिंहले भने:  लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जम्दैन आइतबार, पुस २७, २०८२
चन्द्र भण्डारीले भने : ‘पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने विगतको ३४ वर्षले देखाइसक्यो’ आइतबार, पुस २७, २०८२
शेखर कोइरालाको सपना साकार पार्न यहाँ आएको हुँ : केदार कार्की आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्