• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अस्करको इतिहास : चार साथीले मिलेर बनाएका थिए योजना

64x64
नेपाल लाइभ सोमबार, चैत १४, २०७८  ०८:५८
1140x725

काठमाडौं– सोमबार ९४औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) हुँदै छ। ९४ वर्षदेखि हुँदै आएको अस्करको आफ्नै इतिहास छ। चार साथीहरु मिलेर सुरु गरेको अस्कर अहिले संसारकै सबैभन्दा ठूलो फिल्म महोत्सवको रुपमा मनाइन्छ।

अमेरिकाको एमजिएम स्टुडियोका प्रमुख लुइस बी मेयरले आफ्ना तीन साथीहरुसँग मिलेर अस्कर अवार्डको सुरुवात गरेका थिए। अभिनेता कानरेड नागेल, निर्देशक फ्रैड निबले र फिल्मकर्मी फिड बिटसोनसँग मिलेर लुइसले संसारभरकै फिल्मक्षेत्रलाई फाइदा पुग्ने कार्यक्रम गर्ने योजना बनाएका थिए।

त्यत्तिबेला फिल्म क्षेत्रका सबैभन्दा चर्चित ३६ मानिसलाई अमेरिकाको लस एञ्जेल्सको एम्बेस्डर होटलमा राखेर ‘इन्टरनेसनल एकेडेमी अफ मोशन पिक्चर फर आर्ट एण्ड साइन्स’को स्थापना गर्ने प्रस्ताव राखिएको थियो। १९२७ को मार्चमा संस्थाको पहिलो अध्यक्ष छानिएको थियो। डगलस फेयरबैन्क्स संस्थाका पहिलो अध्यक्ष बनेका थिए। 

१९२७ मे ११ मा फिल्म क्षेत्रका चर्चित २३० जनाले त्यत्तिबेला १ सय अमेरिकी डलर तिरेर एकेडेमीको सदस्यता लिएका थिए। सुरुवातको कार्यक्रममा ५ श्रेणीमा फिल्मकर्मीहरुलाई छुट्याइएको थियो। प्रोड्युसर (निर्माता), डिरेक्टर (निर्देशक), एक्टर (कलाकार), टेक्निसियन (फिल्मका प्राविधिक) र राइटर (फिल्म लेखक) गरी पाँच श्रेणीमा सदस्यहरुलाई छुट्याइएको थियो। 

२७० पाहुनाहरुलाई अमेरिकाको हलिउड रुजवेल्ट होटलमा प्राइभेट पार्टीमा बोलाएर पहिलो अस्कर अवार्ड वितरणको कार्यक्रम गरिएको थियो। उक्त समारोहको टिकटको मूल्य ५ अमेरिकी डलर राखिएको थियो। कार्यक्रममा न दर्शक थिए, न सञ्चारमाध्यम।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो अवार्ड कार्यक्रमका विजेताको घोषणा कार्यक्रम हुनुभन्दा तीन महिनाभन्दा अघि नै सार्वजनिक गरिएको थियो। दोस्रो वर्षदेखि अवार्ड हुने रातको ११ बजे पत्रपत्रिकामा विजेताहरुको सूची सार्वजनिक गर्न थालियो। तर, १९४० मा लस एञ्जेल्स टाइम्स पत्रिकाले कार्यक्रमभन्दा अघि नै विजेताको नाम घोषणा गरिदियो। त्यसपछि हरेक वर्ष कार्यक्रमका विजेताको नाम बन्द खाममा राख्ने चलनको सुरुवात भएको थियो।

अस्करको ट्रफीको इतिहास
अस्कर अवार्डमा वितरण गरिने अवार्डको आफ्नै विशेषता र महत्व छ। सँगै यसले आफ्नै इतिहास पनि बोकेको छ। 

ट्रफी निर्माणका लागि एमजिएम स्टुडियोका कला निर्देशकले हातमा तरवार बोकेका एक योद्धालाई फिल्मको रिलमा राखेर संरचना निर्माण गरेका थिए। यो संरचनालाई अन्तिम स्वरुपमा मूर्तिकार जार्ड स्टेनले दिएका थिए। ९२.५ प्रतिशत टिन र ७.५ प्रतिशत तामाले भरिएको ‘गोल्ड प्लेटेड’ अवार्डलाई १३ इञ्च लामो र ३.८५ किलोग्रामको बनाइएको थियो। पहिलो पटक अवार्ड बनाएँदा २ हजार ७०१ वटा अवार्ड बनाइएको थियो। इतिहासमा एक पटक काठको ट्रफी पनि बनाइएको थियो। उक्त ट्रफी १९३८ मा अमेरिकी अभिनेता एडगर बर्जेनलाई दिइएको थियो। 

अस्करको पहिलो प्रसारण
१९२९/१९३० मा कुल १५ जनालाई अस्कर अवार्डबाट सम्मानित गरिएको थियो। पहिलो एकेडेमी अवार्डमा सञ्चारमाध्यमको उपस्थिति थिएन। तर, विस्तारै अस्कर अवार्डको महत्व र चर्चा निकै भइसकेको थियो। पत्रपत्रिकादेखि सञ्चारमाध्यममा अस्कर अवार्डलाई निकै महत्वका साथ प्रसारण तथा प्रकाशन गर्न थालिएको थियो। 

सन् १९५३ मा अस्करको पहिलो प्रसारण भयो। एनबिसी नामक टेलिभिजनले अस्कर अवार्ड वितरणको कार्यक्रमलाई पहिलो पटक प्रसारण गरेको थियो।

अस्करमा त्यत्तिबेलासम्म मुख्यगरी हलिउडका फिल्महरुलाई समावेश गरिन्थ्यो। सन् १९५७ बाट भने त्यसमा पनि परिवर्तन आयो। १९५७ मा पहिलो पटक अस्करमा उत्कृष्ट विदेशी भाषाको फिल्म (बेस्ट फरेन ल्याङ्वेज फिल्म)को विधा थपियो। उक्त विधाका लागि अमेरिकाबाहेकका देशहरुले पनि फिल्महरु पठाए। अस्करमा फिल्म छनोटका लागि नियम भने थिए। फिल्मलाई कम्तीमा ४० मिनेटको बनाउनुपर्ने मापदण्ड थियो। सँगै त्यत्तिबेला फिल्मलाई ३३ मिलिमिटर वा ७० मिलिमिटरको रिलमा २४ फ्रेम प्रति सेकेण्ड वा ४८ फ्रेम प्रति सेकेण्ड खिच्नुपर्ने मापदण्ड राखिएको थियो।
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा बुधबार, भदौ १७, २०८३
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार, भदौ १७, २०८३
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित बुधबार, भदौ १७, २०८३
दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी जम्मा : प्रधानमन्त्री बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्