काठमाडौं– नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा करिब दुई सयको संख्यामा कर्मचारी माग गरेको छ।
सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जना मागेको छ भने चार जना प्राड उपसेनानी माग गरेको छ। यस्तै चार जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ।
समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृतसमेत माग गरेको छ। सेनाले कुल एक सय ९४ जना माग गर्दै सोमबार आवेदन खुला गरेको हो।
इच्छुक आवेदकले आजदेखि ०७९ वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर भने एक हजार रूपैयाँ लाग्ने सूचनामा उल्लेख छ।
उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।