काठमाडौं– ‘द कश्मीर फाइल्स’लाई करमुक्त गर्न भनिरहेका छन्। अरु युट्युबमा हालिदिनु नि, पुरै फ्री हुनेछ। कर छुट किन गरिरहेका छौं? यदि यति धेरै सोख छ भने विवेक अग्नीहोत्रीलाई भनेर यु्युबमा हालिदिनु। सबै मान्छेले एकै दिनमा फिल्म हेर्नेछन्।’
भारतको दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले यो कुरा विधानसभाको बहसमा भनेका थिए। केजरीवालले फिल्म निर्देशक विवेक अग्नीहोत्रीको विवादित फिल्म ‘द कश्मीर फाइल्स’लाई दिल्लीमा पनि कर छुट गर्ने विषयमा यो जवाफ दिएका थिए।
कश्मीरी पण्डितहरुको विस्थापनको कथालाई लिएर बनेको फिल्म ‘द कश्मीर फाइल्स’ बक्सअफिसमा निकै चर्चित भएको छ। फिल्मले ऐतिहासिक कमाइ पनि गरिसकेको छ। फिल्मले मार्च ११ मा प्रदर्शन भएयता २ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।
फिल्मलाई भारतका विभिन्न क्षेत्रमा कर छुट गरिएको छ। मुख्यगरि भारतीय जनता पार्टी (भाजपा)को सत्ता रहेका राज्यहरुमा फिल्मलाई कर छुट गरिएको थियो।
यसैबीच, विधानसभाको बैठकमा दिल्लीमा पनि फिल्मलाई कर छुट गर्नुपर्ने माग उठ्दा दिल्लीका मुख्यमन्त्री केजरीवालले फिल्मलाई युट्युबमै हालिदिनु भनेका हुन्।
केजरीवालले भने, ‘कश्मीरी पण्डितहरुको नाममा केही मान्छेले करोडौं रुपैयाँ कमाइरहेका छन् र तिमीहरुलाई पोस्टर लगाउने काम पनि दिएका छन्। आँखा खोलेर हेर तिमीहरु आखिर के गरिरहेका छौं। उनीहरु कश्मीरी पण्डितहरुको नाममा करोडौं कमाइरहेका छन् र तिमीहरु फिल्मको पोस्टर बाँड्दै हिडेका छौं।’
बीजेपी शासित कैयौं राज्यमा फिल्मलाई कर छुट गरिएको छ। सँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै देशका कैयौं राज्यका मुख्यमन्त्री, विषेश गरि भाजपाका नेताहरुले फिल्मको प्रशंसा गर्दै जनतालाई यो फिल्म हेर्न सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।