• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

ललितपुर महानगरमा अबको मेयर को? गठबन्धनको निर्णय पर्खिँदै माओवादी र एकीकृत समाजवादी 

64x64
नेपाल लाइभ बिहीबार, चैत १०, २०७८  १८:०८
1140x725

काठमाडौं– आगामी वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनको तयारी अघि बढिरहँदा उम्मेदवारका आकांक्षीहरू पनि सार्वजनिक हुन थालेका छन्। 

निर्वाचनमा सत्ता गठबन्धनभित्र तालमेल गरेर जाने–नजाने विषयमा निर्णय भइसकेको छैन। नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। एमालेले पनि स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न संकेत गरेको छ। 

स्थानीय निर्वाचनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलको आधार क्षेत्र र पकडको संकेत गर्ने भएकाले उनीहरू यो निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दौडधुपमा रहेका छन्। 

सरकारको प्रमुख दल नेपाली कांग्रेसले अभियान नै सुरु गरेको छ भने अन्य दलहरू पनि प्रचारमा लागेका छन्। प्रमुख प्रतिपक्ष एमाले पनि चुनावकेन्द्रित अभियानमा सक्रिय भइरहेको छ। राजनीतिक दलहरूले सबैभन्दा धेरै महत्त्व ६ महानगर र ११ उपमहानगरमा दिएका छन्। 

यीमध्ये ललितपुर महानगरपालिका पनि दलहरूको चासोको क्षेत्रमा रहेको छ। काठमाडौं महानगरपछि महत्त्वपूर्ण क्षेत्र मानिने ललितपुरमा उम्मेदवार हुन सबै पार्टीभित्र आकांक्षीको लहर छ। प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र एकभन्दा धेरै आकांक्षीहरू देखिएका छन्। 

अहिले महानगरमा नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका थिए।  महर्जनले २४ हजार ६४२  मत ल्याउँदा पराजित भएका व्यञ्जनकारले २४ हजार ३१३ मत ल्याएका थिए। कांग्रेस र एमालेबीच ३२९ मात्र मतान्तर परेको थियो। यस्तै, माओवादीका दिनेश महर्जनले १० हजार ६६१ मत प्राप्त गरेका थिए। 

गठबन्धनका उम्मेदवार चिरिबाबु कि अरु नै? 
सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने तयारी गरेको छ। उनीहरूले यसअघि राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेका थिए। सत्तारूढ दलको तालमेलबीच पनि एमालेले एउटा सिट जितेको थियो स्थानीय निर्वाचनमा तालमेल गर्ने/नगर्ने निश्चित भइसकेको छैन।

तर, प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु गठबन्धन निरन्तारको पक्षमा छन्। तर, कांग्रेसभित्रका अन्य शीर्ष नेताहरू पनि गठबन्धनप्रति अनिच्छुक देखिएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

देशभरका ६ महानगरमध्ये ललितपुरमा तुलनात्मक रुपमा कांग्रेस नै बलियो रहेकाले कथं गठबन्धन भयो भने पनि फेरि पनि उसैले दाबी गर्ने देखिन्छ। गठबन्धन भएको अवस्थामा कांग्रेसले अहिलेका मेयर चिरिबाबु महर्जनलाई नै अघि सार्ने सम्भावना पनि रहेको छ। महर्जनले पाँच वर्षमा उक्त क्षेत्रमा तुलनात्मक रुपमा राम्रो काम गरेको र नेवार समुदायमा उनको छबि विगतभन्दा पनि राम्रो भएकाले उनलाई नै निरन्तरता दिनुपर्ने पक्षमा कांग्रेसभित्र मत बलियो रहेको देखिन्छ। 

पाटनका सांस्कृतिक क्षेत्र पुनर्निर्माणदेखि नेवारी संस्कृतिको संरक्षणमा उनले धेरै काम गरेको बुझाइ कांग्रेसभित्र छ। तर, कांग्रेसभित्र उनीमात्र हरेक पटक मेयरको दाबेदार हुन नसक्ने आवाज पनि उठेको छ। उनले एकपटक मौका पाएकाले अब अरुलाई अवसर दिनुपर्ने आवाज पनि उठिरहेको छ। यस्तो अवस्थामा कांग्रेसले कसलाई अघि सार्छ? भन्ने प्रश्नमा कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले  अहिले नै कुनै निर्णय नभएको बताए। 

‘अहिले निर्वाचनका विषयमा सामान्य छलफल सुरु भएको छ। उम्मेदवार को बन्ने टुंगो लागेको छैन। छलफल पनि भएको छैन’, उनले भने, ‘गठबन्धनको कुरा केन्द्रले स्पष्ट भनेको छैन। तर, वडा तहसम्मको तथ्यांक भने मागेको छ। त्यसैले केही समय उम्मेदवार तय हुने कुरा हुँदैन।’ 

ललितपुरमा चिरिबाबुबाहेक प्रेमकृष्ण महर्जन र प्रेमलाल महर्जन दाबेदार छन्। उनीहरू २०७४ सालको निर्वाचनमा पनि दाबेदार रहेका थिए। तर, अन्तिममा चिरिबाबुले टिकट पाएका थिए। 

एमालेले कसलाई अघि सार्दै छ ? 
प्रमुख प्रतिपक्ष नेकपा एमालेले अघिल्लो पटक कडा टक्कर दिएकाले यसपटक पनि राम्रो उम्मेदवार छान्नुपर्ने दबाबमा रहेको छ। अघिल्लो पटक थोरै मतले महानगर गुमाएको एमाले यसपटक निर्वाचन जित्ने रणनीतिका साथ उत्रने तयारीमा छ। एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले विगतका सबै कमिकमजोरीहरूलाई सुधार गरेर यसपटक निर्वाचन जित्नेगरि उम्मेदवार तय हुने बताए। 

‘विगतमा थोरै मतले गुमाउनु परेको थियो। अब त्यो कमिकमजोरीहरू सच्चाएर उम्मेदवार तय हुन्छ’, उनले भने, ‘अहिले उम्मेदवार को बन्ने तय भएको छैन। तर, जित्ने उम्मेदवार उठाउने हो।’

आकांक्षी धेरै भएको र मापदण्डका आधारमा छलफल गरेर उम्मेदवार उठाउने उनले बताए। 

एमालेभित्र उम्मेदवार हुन गत निर्वाचनमा पराजित भएका हरिकृष्ण व्यञ्जनकारको नाम पार्टीभित्र चर्चामा छ। विगतमा सानो परिणामले हार ब्यहोर्न परेकाले यसपटक पनि उनलाई नै उम्मेदवार बनाउने प्रवल सम्भावना रहेको एक नेताले बताए। उनीबाहेक प्रेमलाल महर्जन र ज्ञानेन्द्र शाक्य पनि आकांक्षी छन्। 

माओवादी र एकीकृत समाजवादी गठबन्धनको निर्णय पर्खिँदै
सत्तापक्षका दुई पार्टीहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनकाबीचमा तालमेलको टुंगो लागेपछि मात्र उम्मेदवारको अजेण्डामा छलफल प्रवेश गर्ने बताएका छन्। 

माओवादीमा केही आकांक्षीहरू देखिएका छन्। राजकाजी महर्जन र सरोज महर्जन लगायत केही नेताहरूले मेयरको दाबी गरेका छन्। माओवादी केन्द्रका ललिपुरका संयोजक शिव कट्टेलले अहिले मेयरको उम्मेदवारको विषयमा कुनै पनि छलफल नै सुरु नभएको बताए। 

‘हामीले अहिले छलफल नै सुरु गरेका छैनौं। पालिकाको बैठक बस्दैछौं’, उनले भने ‘१५ गतेसम्म वडाबाट छलफल गरेर टुंगो लगाउँछौं। अनि, चैत १९ गतेपछि यसमा छलफल सुरु हुन्छ होला।’ गत निर्वाचनमा दिनेश महर्जन उम्मेदवार भएको र अहिले त्योभन्दा फरक व्यक्ति उम्मेदवार हुने माअ‍ोवादीका एक नेताले बताए।

राजकाजी महर्जन र सरोज महर्जनलगायत अन्य नेताहरू पनि उम्मेदवार हुनसक्ने ती नेताले बताए। एक्लै लड्न परेको अवस्थामा लोकप्रिय व्यक्तिको खोजी गर्ने माओवादी नेताहरूको भनाइ छ। 

सत्ता गठबन्धनमा रहेको अर्को पार्टी एकिकृत समाजवादीले भने अहिले ललितपुरमा कुनै दाबी गर्ने अवस्थामा नरहेको देखिएको छ। उनीहरूले सत्ता घटकका बीचमा हुने तालमेलको अवस्था हेरेपछि मात्र छलफल गर्ने उसको तयारी छ। गठबन्धनकाबीच सहमति भएमा उमप्रमुख पाउने र महिला नै उठाउनुपर्ने अवस्था पनि आउन सक्ने भएकाले अहिले नै छलफल अघि नबढाइएको नेताहरूले बताएका छन्। 

ललितपुर महानगरपालिमा नेवार समुदायका बढी मतदाता रहेका छन्। २०४९ मा ललितपुरमा कांग्रेसले जितेको थियो भने २०५४ मा एमालेले जितेको थियो।  २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो। 

प्रतिनिधि सभातर्फ २०६४ मा तीनै क्षेत्र माओवादीले जितेको थियो भने २०७० मा तीनैओटै क्षेत्र कांग्रेसले जित्यो। २०७४ सालमा २ क्षेत्र एमालेले र एउटा क्षेत्र माओवादी केन्द्रले जितेको थियो। २०७४ मा एमाले–माओवादीबीच तालमेल थियो।

अघिल्लो स्थानीय तह निर्वाचनको परिणाम हेर्दा ललितपुर कांग्रेसका लागि बलियो महानगरपालिका हो। तर, एमाले पनि कमजोर भने रहेको छैन। त्यस्तै, माओवादीको उपस्थिति पनि राम्रै रहेको छ।   

त्यसमा पनि यो बीचमा नयाँ मतदाता थपिएका र स्थानीय तहमा उम्मेदवार हेरेर जनताले मतदान गर्ने भएकाले त्रिपक्षीय प्रतिस्पर्धा नै हुने आकलन गर्न सकिन्छ। 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:०८
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्