• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ आर्थिक वर्ष वैशाख १ देखि सुरु गर्न सरोकारवालाको सुझाव

64x64
नेपाल लाइभ बुधबार, चैत ९, २०७८  १४:४६
1140x725

काठमाडौं– नयाँ आर्थिक वर्ष वैशाख १ गतेदेखि सुरु गर्न सरोकारवालाहरूले सुझाव दिएका हुन्। बागमती प्रदेश नीति तथा योजना आयोग र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको समन्वय तथा व्यवस्थापनमा भएको गोष्ठीले साउन १ गतेबाट सुरु हुने आर्थिक वर्ष वैशाख १ गतेदेखि सुरु गर्नु उपयुक्त हुने सुझाएको हो। 

सातवटै प्रदेशका योजना आयोगका पदाधिकारी तथा प्रतिनिधि र स्थानीय तहका संघ–महासंघका पदाधिकारी तथा प्रतिनिधिबीचको छलफलले योजना तर्जुमा कार्यान्वयन अनुगमन तथा मूल्यांकन प्रणालीको समीक्षा गर्दै यस्तो  निष्कर्ष निकालेको हो। 

बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण पन्तले साउनमा आर्थिक वर्ष सुरू हुने अहिलेको अभ्यासलाई परिवर्तन गरी नेपाली नयाँ वर्षअनुसार वैशाख १ गतेदेखि आर्थिक वर्ष सुरु हुने व्यवस्था गर्न सरकारसँग अनुरोध गर्ने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘साउनबाट आर्थिक वर्ष सुरु हुन्छ। असार मसान्तमा खर्च हुन्छ। यसले गर्दा सरकारले पनि असारे विकासको अपजस खेप्नु परेको छ। यो अपजसबाट बच्न सकिन्छ कि भनेर हामीले नेपाली नयाँ वर्षदेखि नै आर्थिक वर्ष सुरु हुनुपर्छ भनेका हौं,’ उनले भने। 

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले वैशाखलाई आर्थिक वर्षको सुरु मान्दा विकास निमार्णका काममा सहज हुने बताए। 

Xtrem
Xtrem

‘साउनलाई आर्थिक वर्षको सुरु मान्दा विकास निमार्णका काम जहिल्यै वर्षात्‌को समयमा पर्ने भए। वैशाखलाई मान्दा त हिउँदको समयमा गर्न सकिन्छ। पूर्वतयारी नै पनि बर्खा सुरु नहुँदै भयो भने निकै उपयुक्त हुन्छ,’ उनले भने। दुई दिने गोष्ठी समीक्षाले अन्य विभिन्न १२ वटा निष्कर्षहरू निकालेको छ।

यस्ता छन् १२ निष्कर्षहरू :
  • परिणाममुखी र उत्पादनमुलक योजना तर्जुमालाई सहज तुल्याउनका लागि आयोजना छनोटको मापदण्ड र आयोजना  बैंकको प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्ने। 
  • आयोजनाहरुलाई गौरवका योजना, ठूला योजना, रुपान्तरणकारी आयोजना, मझौला तथा साना आयोजनाका रुपमा वर्गीकरण गरी बजेट विनियोजन गर्ने व्यवस्था मिलाउने। 
  • आवधिक योजना, गुरुयोजना र दिगो विकास लक्ष्यसँग तालमेल हुनेगरी बजेटलाई सांकेतीकरण गर्ने। 
  • स्थानीय तहले संघ र प्रदेश सरकारमा आर्थिक वर्षका लागि माग गर्ने आयोजनाहरु हिउँदे सभामार्फत सिफारिस गर्ने र सोही सूचीमध्येबाट मात्र संघ र प्रदेशले आफ्नो वार्षिक  बजेटमा योजना व्यवस्था गर्ने प्रणाली स्थापित गर्ने। 
  • राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको महत्त्वपूर्ण आयोजना तथा कार्यक्रमहरु र यसमा प्रदेशले खेल्नुपर्ने भूमिकाबारे प्रदेश नीति तथा योजना आयोगलाई फागुन मसान्तभित्र जानकारी गराउने। यसैगरी प्रदेश नीति तथा योजना आयोगले संघीय तथा प्रादेशिक लक्ष्य प्राथमिकता र आयोजना तथा कार्यक्रमका बारेमा चैत मसान्तभित्र स्थानीय तहको योजना संरचनालाई अनिवार्य रुपमा जानकारी दिने। त्यस्तै, आगामी वर्ष सञ्चालन गर्ने योजनाको सूचीलाई अन्तिम रुप दिने। 
  • स्थानीय र प्रदेश तहको प्रतिवेदन (भौतिक तथा वित्तीय प्रगति र दिगो विकास लक्ष्यलाई समेट्ने गरी) प्रणालीलाई एकीकृत र व्यवस्थित गर्न राष्ट्रिय योजना आयोग र प्रदेश नीति तथा योजना आयोगले भूमिका खेल्ने। 
  • अन्तरप्रदेश समन्वय परिषद्‌मा प्रदेश समन्वय परिषद्‌मा स्थानीय तहबाट गरिने प्रतिनिधित्व प्रणालीमा प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा मनोनायन गर्दा संघ महासंघसँग परामर्श गर्न अनुरोध गर्ने। 
  • गैरबजेटरी योजनाहरु निरुत्साहित गर्ने। वार्षिक योजना तर्जुमाभन्दा पहिले डीपीआर समेतका पूर्वतयारी भएका र लागत अनुमान समेतका पूर्वतयारी गरिएका आयोजनाहरुलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्ने। 
  • सार्वजनिक खरिद ऐन र नियमावलीलाई पुनरवलोकन गरी वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने। 
  • प्रदेश तथा स्थानीय तहमा संघीय सरकारले खटाउने कर्मचारीहरु कम्तीमा समान्यतयाः दुई वर्ष सरुवा नहुने प्रबन्ध मिलाउने। स्थानीय तह र प्रदेशलाई आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुपर्ने। 
  • अनुगमन सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गरी संस्थागत गर्ने र पूर्वडेस्क रिभ्यू, चेक लिस्टको तयारीसहित नतिजामुखी अनुगमन प्रणालीको अबलम्बन र तहगत प्रतिवेदन प्रणाली विकास गर्ने। 
  • अनुगमनबाट प्राप्त सुझावहरु कार्यान्वयन भएको सुनिश्चित गर्ने व्यवस्था मिलाउने।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्