काठमाडौं– अभिनेता सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्म ‘लाखे’ आगामी वर्षको भदौ ३१ मा प्रदर्शनमा आउने भएको छ। ‘आरआर फिल्म्स’ले वितरण गर्ने फिल्म आगामी वर्ष भदौमा प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिएका छन्।
सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म ‘लाखे’मा अभिनेता सौगात मल्लसँगै आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापालगायतका कलाकार मुख्य भूमिकामा छन्।
त्यस्तै, कलाकार रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी र बाल कलाकार सिस्टम भण्डारीको पनि फिल्ममा अभिनय रहेको छ।
हालै छायांकन सम्पन्न भएको फिल्मलाई ‘ग्लोबल मिडिया एण्ड रिचर्स सेन्टर’ र ‘औरियन प्रोडक्सन’को ब्यानरमा बनाइएको छ। आकाश बरालले लेखेको पटकथा तथा संवाद रहेको फिल्म गणेश मल्ल ठकुरीको प्रस्तुतl रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।