काठमाडौं– कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम सुरु भएको छ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले गत मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो।
अहिलेसम्म ४ सयभन्दा बढीको माग स्वीकृति भइसकेको र ६ सयभन्दा बढी स्वीकृतिको लाइनमा रहेको कार्यालयले जनाएको छ। वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रुत गतिमा भइरहेको कार्यालयले जनाएको छ।
मलेसियामा रोजगारीका लागि विशेषगरी निर्माण क्षेत्रका कामदार, सुरक्षा गार्ड र उत्पादन क्षेत्रमा कामदारको माग आउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।