• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पश्चिमा देशहरूको प्रतिबन्धपछि रुसले कसरी तिर्छ विदेशी ऋण?

टिम बाउलर सोमबार, चैत ७, २०७८  ०७:१२
1140x725

युक्रेनमाथिको हमलापछि पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएका छन्। जानकारहरूका अनुसार पश्चिमा देशहरूको यो प्रतिबन्धले रुस ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने छ। 

अन्तर्राष्ट्रिय बजारमा जारी गरिएको दुई ‘बन्ड्स’का लगानीकर्ताले आगामी बुधबार ११७ मिलियन डलर ब्याज भुक्तान गर्नुपर्ने छ। यी बन्ड्स डलरका लागि जारी गरिएको हो। तर, रुसको ६३० बिलियन डलर विदेशी मुद्रा भण्डार फ्रिज गरिएको छ। ऋण मूल्यांकन एजेन्सीहरूले पनि चेतावनी दिएका छन् कि, रुसलाई आफ्नो ऋण तिर्न भाग्यको मात्र भर हुनेछ। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार रुस ऋण चुक्ता गर्न नसक्ने अवस्थाबारे चिन्तित छ, तर यसैले विश्वभर संकट उत्पन हुने कुरा स्वीकार गर्न सकिँदैन। 

रुस सरकार र गजप्रोम, ब्युकआइल तथा स्वेरबैंक जस्ता सरकारी कम्पनीमा विदेशी लगानीकर्ताको १५० अर्ब डलर ऋण छ। यी अधिकांश ऋणको दायित्व डलर वा युरोमा छ। किनकि, पश्चिमाहरूको प्रतिबन्धका कारण रुसका कारोबारी संस्थानले विदेशमा मौजुदा आफ्नो डलर वा युरोको खाता प्रयोग गर्न पाउने छैनन्। यदि, रुसले समयमै ऋण तिर्न असफल भयो भने यो सन् १९९८ पछिको पहिलो ठूलो संकट  हुनेछ। विदेशी मुद्रामा लिएको ऋण चुत्ता गर्ने मामलामा सन् १९१७ को क्रान्तिपछि रुस पहिलो पटक संकटमा जान लागेको हो। तत्कालीन समयमा नयाँ बोल्सेभिक सरकारले अघिल्लो वर्षको ऋण तिर्न अस्वीकार गरेको थियो । 

यदि रुसले रुबलमा भुक्तानी गरे के हुन्छ?
रुसको विदेश मन्त्रालयले भनेको छ कि, उसलाई डलर वा युरोमा भुक्तानी गर्नबाट रोकियो भने अन्तर्राष्ट्रिय लगानीकर्तालाई रुबलले भुक्तानी गर्ने छ। तर, भुक्तान गर्नुपर्ने डलरमा जारी भएका दुई वटा ऋणपत्रमा अन्य मुद्रामा पैसा दिने व्यवस्था नभएकाले समस्या हुने देखिएको छ। रूसका अरु ऋण सम्झौतामा अन्य मुद्राहरूमा भुक्तानी गर्न सकिने प्रावधान छ। यसो भए ऋणको भुक्तानीमा रूबल प्रयोग गर्न सकिन्छ। तर, लगानीकर्ताहरूले अपेक्षा गरेको डलर वा युरोको समान मूल्यको साथ रुबलमा भुक्तानी गरिन्छ कि गर्न सकिँदैन भन्ने विषय प्रमुख हुनेछ।

रुसमा लगानीकर्ताहरूले अहिले आफ्नो लगानीको मूल्य गिरावट भएको पाइरहेका छन्। समस्या यो छ कि, रुसको वित्तीय अवस्था तीव्र रूपमा खस्किँदा केही मानिसले आफ्नो लगानी बेच्ने मौकासमेत पाएका छैनन्। क्रेडिट रेटिङ एजेन्सी मुडीका अनुसार २१ अंकको रेटिङ स्केलले लगानीका हिसाबले देश कति सुरक्षित छ भन्ने देखाउँछ। रुस यो मापनमा तल्लोबाट दोस्रो स्थानमा आएको छ र अझै तल जान सक्ने अनुमान गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुडीका प्रमुख क्रेडिट अफिसर कोलिन एलिसले बीबीसीलाई भने, ‘रुसले ऋण नतिर्ने हाम्रो अनुमान मात्र होइन, लगानीकर्ताहरूलाई उनीहरूले कति गुमाउन सक्छ भनेर पनि बताइरहेका छौं। लगानीकर्ताले आफ्नो ३५ देखि ६५ प्रतिशतसम्म गुमाउन सक्छन्।’ आधिकारीक रुपमा कर्जा भुक्तानी नगर्दाको समस्या स्वरूप लगानीकर्ताले दाबी सुरु गर्छन्। यो ‘क्रेडिट स्वाप’ले इन्सुरेन्सले जस्तै गरी काम गर्छ। कुनै पनि कम्पनी वा देशको असफलताको कारणबाट नोक्सानको लागि क्षतिपूर्ति गर्न सकुन् भनेर ऋणदाताहरूले क्रेडिट स्वाप अग्रिम खरीद गर्छन्। 

विश्व अर्थव्यवस्थामा के अर्थ राख्छ?
पछिल्लो पटक रुस सन् १९९८मा ऋण तिर्न असफल भएको थियो। विश्व वित्तीय बजारमा त्यति बेला यसले हलचल ल्याएको थियो। क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री विलियम जैकसनका अनुसार अहिले यदि रुस संकटमा जान्छ भने त्यसको असर पक्कै ठूलो हुन्छ। तर, यसको वास्तविक असर अरु विश्वलाई सायदै होला।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ का लागि विश्व अर्थव्यवस्थाको प्रगति ४.४ हुने पूर्वानुमान थियो। तर, युद्धका कारण अब प्रगति अंक कम हुनेछ। आईएमएफका प्रमुख क्रिस्टेलीना जोर्जिवाले पनि स्वीकार गरे कि रुस संकटमा हुदैमा विश्वभरको अर्थव्यवस्थामा व्यापक असर पर्ने छैन। तर उनले रुसमाथि लगाइएको प्रतिबन्धले त्यहाँको अर्थव्यवस्थामा ठूलो गिरावट ल्याउने चेतावनी दिए। विश्वभर खाद्यपदार्थ र उर्जाको मूल्यमा भने वृद्धि हुने छ। 

Xtrem
Xtrem

रुसका कम्पनीको ऋण संकट कति ठूलो हुने छ र यसको असर त्यहाँका लगानीकर्तामाथि कति हुनेछ भन्ने अहिलेसम्म अज्ञात नै छ। त्यस्तै, ऋण तिर्न नसक्ने अवस्थाको असर रुसमा के हुन्छ भन्ने पनि भविष्यको कुरा हो। रुसको केन्द्रीय बैंकले महङ्गी रोक्नका लागि ब्याज भारी मात्रमा वृद्धि गरेको छ। रुस यो समय जुन वित्तीय समस्यामा छ, यसले ऋण नर्तिने अवस्था झनै बढाउँदै लैजाने छ। 

युक्रेनमाथि आक्रमण हुनुअघि रुस ऋण चुक्ता गर्ने हिसाबले सबैभन्दा भरपर्दो देशहरूमध्ये थियो। त्यहाँको ऋण धेरै थिएन। युक्रेन आक्रमणपछि अहिले स्थिति नाटकीय रूपमा परिवर्तन भएको छ।

रुस छाड्ने विदेशी कम्पनीहरूको संख्या ठूलो भइसकेको छ। रुबल र अर्थतन्त्र बचाउन रुसले पैसा बहिर्गमनमा कडा नियमहरू लगाएको छ। तर, प्रतिबन्धका कारण यो वर्ष रुसको अर्थतन्त्र ७ प्रतिशतले संकुचित हुन सक्ने अनुमान सार्वजनिक भएका छन्। युक्रेन आक्रमण गर्नुअघि गएको फ्रेब्रुअरीमा त्यहाँ मुद्रा स्फीति दर ९.१५ प्रतिशतको उच्च विन्दुमा थियो। यो वर्ष अझै बढ्न सक्ने अनुमान गरिएको थियो। रुसको केन्द्रीय बैंकले यसअघि नै कर्जाको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ।

-बीबीसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्